• शनिबार ३-२०-२०७७/Saturday 07-04-2020/ 07:52 pm

झापालाई कृषिमा ‘मिनी इजराइल’ बनाउने सपना

झापा । इजरायलमा एक वर्ष कृषि तालीम लिएर स्वदेश फर्किएका झापा गाउँपालिका–३ का चन्द्र बस्नेत ३१ वर्षीय जिल्लामै ‘मिनी इजरायल’ बनाउने अभियानमा जुटेका छन् ।

इजरायली कृषि प्रविधिको प्रयोग गरेर एकीकृत कृषि प्रणालीमार्फत झापामै मिनी इजराइल बनाउने अभियानमा उहाँ लागेका हुन् । ‘इजरायली कृषि प्रविधिको प्रयोगबाट कृषि क्रान्ति गर्न सकिन्छ’, उनले भने, ‘मैले सिकेको सीपलाई व्यवहारमा उतारेर जिल्लामै मिनी इजरायल बनाउने सपना छ ।’

बस्नेतले आफ्नो अभियानलाई मूर्तरुप दिन २० बिघा क्षेत्रफलमा केरा खेती शुरु गरेका छन् । ‘टिसु कल्टर’ प्रविधिबाट केराको बेर्ना उत्पादन गरेर खेती शुरु गरिएको उनले बताए । “टिसु कल्चरबाट बेर्ना उत्पादन गरेर झापामा खेती गरिएको यो पहिलो हो”, उहाँले भन्नुभयो, “अरूतिर केराको गानो लगाएर खेती गर्ने गरिएको छ ।” २० बिघा जग्गामध्ये बस्नेतको व्यक्तिगत दुई बिघा जग्गा हो भने थप जग्गा लिजमा लिइएको हो ।

सन् २०१८–२०१९ को एकवर्षे कृषि तालीमका इजरायल जानुभएका बस्नेतले इजरायलको ‘इन्गेभ फार्म’मा तालीम लिएका थिए । इन्गेभ इजरायलको ठूलो केरा खेती गर्ने फर्म रहेको उनले सुनाए । “मैले काम गरेको फर्ममा एकीकृत प्रणालीबाट खेती गरिन्थ्यो”, उहाँले तालीमताका अनुभव सुनाउँदै भने, “त्यहाँ सिजनअनुसार भिन्दाभिन्दै उत्पादन लिइन्छ ।”

सोही अनुरुप केरासँगै कागती, सजीवन खेती गरिने बस्नेतको भनाइ छ । सजीवन खेतीका लागि भारतको दिल्लीबाट बीउ खरीद गरेर ल्याइएको छ । फागुनदेखि सजीवन खेती गरिने उनले सुनाए ।

इजरायलमा तालीमसँगै उनले करीब रु २० लाखसमेत कमाए । सोही रकमबाट ‘एग्री सेन्टर झापा प्रालि’ सञ्चालनमा ल्याएर कृषि कर्ममा लागेको उनी बताउँछन् । अहिलेसम्म फार्ममा रु ३५ लाख लगानी गरिसकेका छन् । “आफूसँग भएको पैसा र साथीभाइसँगको सरसहयोगमा लगानी बढाउँदै लगेको छु”, उनले भने, “अझै लगानी चाहिएको छ, जुटाउने कोसिस भइरहेको छ ।” सरकारले स्वदेशमै आत्मनिर्भर हुन चाहने युवालाई विशेष प्राथमिकता दिएर ऋण प्रदान गर्नुपर्ने बताए ।

एग्रो सेन्टरमा बस्नेतको ८० प्रतिशत लगानी छ । बाँकी २० प्रतिशत डम्बर खनाल (काठमाडौँ), रुपा खनाल ९विराटनर०, खुश्बु ओली (कनकाई) र सुस्मा कार्की (कनकाई) ले पाँच÷पाँच प्रतिशतका दरले लगानी गरेका छन् ।

जैविक केरा उत्पादन गर्न गाईवस्तुको मल प्रयोग गरिएको छ । प्रतिबिरुवा तीन मिटरको फरकमा लगाइएको छ । अहिलेसम्म एक हजार २०० बिरुवा लगाइएको बस्नेतले बताउनुभयो । खेरा खेतीमा इन्गेभ फार्मले समेत प्राविधिक सहयोगसमेत गरिरहेका छ ।

केराको बेर्ना रोपेको वर्षदिनदेखि उत्पादन शुरु हुने र प्रतिबिगाह रु चार लाखसम्म आम्दामी लिन सकिने बस्नेत बनाउँछन्। केराबाट विभिन्न किसिमका परिकार उत्पादन गरी तेस्रो मुलुकमा निर्यात गर्ने भावी योजना रहेको बस्नेतले सुनाए ।

किसानलाई व्यावसायिक बनाउन आफूहरुले बीउ बैंकसमेत स्थापना गरेको बस्नेतले बताए । “किसानलाई गुणस्तरीय बीउ उपलब्ध गराउन बीउ बैंक स्थापना गरेका छौँ”, उनले भने, “काठमाडौँबाट गुणस्तरीय बीउ ल्याएर किसानलाई सहुलियतमा दिने गरिएको छ ।” उनले बीउ उम्रिने ग्यारेन्टीसमेत दिने गरिएको बताए ।

यता, कृषि ज्ञानकेन्द्र झापाका प्रमुख नीलकमल सिंहले झापामा करीब ३०० बिघामा केरा खेती हुने गरेको जानकारी दिए । प्रमुख सिंहले झापामा धान, मकै, सुपारी, रबरको सुपर जोन घोषणा भइसकेको बताउँदै केराको समेत जोन र सुपर जोनको बनाउन सकिने बताए । “एउटै क्षेत्रमा ५०० हेक्टर केरा खेती गरिएमा सरकारले केरा जोन घोषणा गर्न सक्छ”, सिंहले भने ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

पदको दुरुपयोग, तत्कालीन मन्त्री प्रभु साहद्वारा एउटै टोलमा ३२ करोड बजेट 

  • २० असार, २०७७

गौर । सहरी विकास मन्त्रालयबाट रौतहटको गरुडा नगरपालिका वार्ड न. ५ को शिवनगर आसपास मात्र ३२ करोडको सड़क ढलान भईरहेको छ । रौतहट क्षेत्र नम्बर ३ का सांसद

प्रमुख प्रतिपक्ष दलको विरोध, मन्त्रालयकाे रातो किताब पढ्न संसदमा अनुपस्थित

  • २० असार, २०७७

सुर्खेत । कर्णाली प्रदेश सभाको छैटौं अधिवेशनको २३ औँ बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस अनुपस्थित भएर विरोध जनाएको छ । शनिवारको बैठकमा

प्रदेशसभा सदस्यले बन्दाबन्दीमा यातायात खर्च नलिइने

  • २० असार, २०७७

पोखरा । नेपाली काँग्रेसका तर्फबाट गण्डकी प्रदेशसभामा प्रतिनिधित्व गर्ने प्रदेशसभा सदस्यले बन्दाबन्दी अवधिको यातायात खर्च नलिने भएका छन् ।