• २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024

क्षुद्र ग्रहको एक झुण्ड पृथ्वीतर्फ अघि बढिरहेको छ : नासा

एजेन्सी । अमेरिकी अन्तरिक्ष नासाको क्षुद्रग्रह ट्र्याकिङ सिस्टमले पाँच वटा अन्तरिक्ष चट्टानहरु(क्षुद्र ग्रह)को पत्ता लगाएका छन्, जो मंगलबार पृथ्वीको नजिक भएर उडान भरिरहेको अनुमान लगाएको छ  । यदि यीमध्ये कुनै क्षुद्र ग्रह कुनै पनि ग्रहसँग ठोक्किएर समाप्त भयो भने यसले आकाशमा ठूलो विस्फोट निम्त्याउन सक्छ ।

नासको सेन्टर फर नियर–अर्थ अब्जेक्ट इन्टडीजका अनुसार, पृथ्वीतर्फ अघि बढिरहेको एक क्षुद्र ग्रह, जसको गति करिब १९ हजार माइल प्रतिघण्टा छ र यो करिब ४४ मिटर चौडा छ । यो क्षुद्र गहलाई वैज्ञानिकहरुले ‘२०१९ भिडब्ल्यूवान’ नाम दिएका छन् । 

अर्को ‘२०१९ भिकेथ्री’ नाम दिइएको क्षुद्र ग्रह मंगलबार पृथ्वीको नजिक भएर जाने अनुमान गरिएको छ । यो ग्रह यतिबेला ४३ हजार माइल प्रतिघण्टाको गतिमा उडिरहेको छ र यसको चौडाई ४३ मिटर छ । 

‘भिकेथ्री’को पछिपछि २०१९ भिएनटु क्षुद्र ग्रह दौडिरहेको बताइएको छ, जुन २४ मिटर चौडाईको छ । त्यस्तै, अर्को क्षुद्र ग्रहको नाम ‘युबि१४’ राखिएको छ, जुन करिब ३८ मिटर चौडाईको छ । यो ग्रह यतिबेला ३५ हजार माइल प्रतिघण्टाको गतिमा पृथ्वीतर्फ अघि बढिरहेको नासाको रिपोर्टमा बताइएको छ । 

र अन्तिम क्षुद्रग्रह ‘२०१९ युएचवान’ले मंगलबार पृथ्वीको नजिक भएर उड्नेछ । करिब ८७ मिटर चौडा यस क्षुद्र ग्रहको औसत गति २० हजार माइल प्रतिघण्टा रहेको छ । 

अन्तरिक्षमा पाइने चट्टानहरुको अध्ययन गर्ने नासा र प्लेनेटरी डट ओआरजी नामक दुई एजेन्सीको तर्फबाट जारी सन् २०१८ को एक रिपोर्ट अनुसार, पृथ्वीको नजिक भएर १८ हजार भन्दा बढी क्षुद्र ग्रह छन् । यीमध्ये केही सम्भावित रुपले निक्कै खतरनाक छन् । नासाका अनु्सार, यिनीहरुको व्यास ४६० फिटभन्दा बढी छ । यदि यी क्षुद्रग्रह छिटो गतिका साथ पृथ्वीमा ठोक्किन आए भने ठूलो नोक्सान हुने सम्भावना हुन्छ । 

क्षुद्र ग्रह मङ्गल र वृहस्पति ग्रहका बीचमा रहेका स–साना चट्टानका टुक्रा हुन्।  ती अन्य ग्रहसरह आ–आफ्नै कक्षमा सूर्यलाई परिक्रमा गरिरहेका हुन्छन्।  क्षुद्र ग्रहको आकार गोलो, चेप्टो, बाङ्गो–टिङ्गो जस्तो पनि हुन्छ।  मङ्गल र वृहस्पति ग्रहका बीचमा रहेका यस्ता ठूला क्षुद्र ग्रह पृथ्वीमा ठोक्किएमा ठूलो असर पर्नुका साथै जीवको अन्त्यसमेत हुनसक्छ ।  

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर