पाल्पामा चिच्याएर वर माग्ने मेलाको रौनक [फोटोफिचर]

पाल्पा । पाल्पाको तिनाउँ गाउँपालिका ४ सत्यवती तालमा लागेको सत्यवती बजैसंग चिच्याएर बर माग्ने मेला सम्पन्न भएको छ । मेला तिनदिन अघिदेखि चलेको थियो । सत्यवती बजैले कानने नसुन्ने हुदाँ रातिको समयमा चिच्याएर वर मागेमा मनोकांक्षा पुरा हुने धार्मीक विश्वासका कारण मन्दिर पुग्ने भक्तजनको बाक्लो उपस्थिती रहेको थियो । कार्तिक महिनामा पूर्णीमा परेमा मात्र जोग पर्ने हुदाँ यस वर्ष जोग परेका कारण तिन दिनसम्म मेला चलेको थियो ।

रातीको समय तालमा लिङ्गो गाडेर विहान सोही लिङ्गो चिनेर पुजा गर्ने चलन रहेको छ । सत्यवती बजैले कानले नसुन्ने भएको हुदाँ चिच्याएर वर मागेमात्र बजैले सुन्ने र भाकल पुरा हुने किम्वदंन्ती रहेको छ । केही वर्ष अघिसम्म चिच्याएर बर माग्ने चलन भएपछि हाल भने यो चलन हराउदै गएको छ । अध्यारो भएपछि तालमा पुग्ने र विहान झिसमिसे उज्यालो नहुदै मन्दिर परिसर छोड्नुपर्ने मेलाको परम्परागत मान्यता रहेको छ ।

मन्दिरमा चिच्याएर बर मागेको मानोकाक्षं पुरा भएका कारण पुन भाकल चडाउनका लागि भक्तजनहरु मन्दिर धाउने गरेका छन । १५ वर्ष अघिको भाकल चडाउनका लागि आएका शिव विश्वकर्माले भने धेरै परिवर्तन आएको र मन्दिरमा व्यवस्थापन रामे भएको बताए । सिदार्थ राजमार्ग अन्तगत तानसेन बुटवल सडकखण्डको चैबिस माईलदेखि करिब २ घण्टाको उकालो चडेपछि मन्दिर पुग्न सकिन्छ ।

मन्दिर सम्म पुग्नका लागि कच्चि मोटरबाटोको व्यवस्था भएपछि गाउँपालिकाले मेलाको समयमा भक्तजनका लागि पैदल यात्राबाट मात्रै दर्शन गर्न अनुरोध गरेको थियो । मन्दिरमा जाने अधिकांश भक्तजनहरुले भने पैदलयात्राका क्रममा वालबालिका र वृद्धाहरुलाई समस्या भएको गुनासो गरेका थिए तिनदिनसमम चलेको मेलामा दैनिक पचास हजारबढी भक्तजनले अवलोकन तथा सत्यवती बजैसंग बर मागेका छन ।

सिमसार क्षेत्रसमेत रहेको धार्मिक, सांस्कृतिक र पर्यटकीय रुपमा महत्वपूर्ण सतयवती लात र यस मेलालाई प्रचार गर्न स्थानीय सरकाले पनि चासो देखाएको तिनाउँ गाउँपालिका अध्यक्ष ओम बहादुर घर्तीले बताए । ताल आसपासमा पूर्वाधार निर्माण गरी होम स्टेको रुपमा विकास गर्ने लक्ष्यका साथ गागापालिकाले गुरु योजना बनाएको घर्तीले बताए ।

मेलामा बजैको दर्शन गरी भाकल गर्नका लागी पाल्पासहित छिमेकी जिल्लाहरु गुल्मी, अर्घाखाची, रुपन्देही, नवलपरासी, कपिलबस्तु सहित छिमेकी मुलुक भारतबाट समेत दर्शनार्थी आउने गरेका छन । सदियौदेखि चल्दै आएको यस मेलामा सत्यवती वजैका लागि भाकल अनुसार परेवा, बोका, बाख्राको वली दिने चलन रहेको छ । मेला अवधिभर  स्थानीय स्तरमा उत्पादित सामाग्रीको पनि विक्रि हुने गर्दा रोजगारीको सृजना समेत हुने गरेको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर