सुदूरपश्चिम : मुख्यमन्त्रीका स्वकीय सचिव प्रहरीको नियन्त्रणमा

धनगढी । मादक पदार्थ सेवन गरी मोटरसाईकल चलाउने सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टका स्वकीय (शाखा अधिकृत स्तर) सचिव प्रेम कुँवरलाई प्रहरीले नियन्त्रणमा लिएको छ । मादक पदार्थ सेवन गरी मोटरसाईकल चलाउँदा पूर्वपश्चिम राजमार्गमा गोरुगाडालाई ठक्कर दिएपछि उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीले कुँवरले गौरीगंगा १० टीकाराम चौधरीको गोरुगडालाई ठक्कर दिदा चार जना घाईते पनि भएको जनाएको छ । उनीरुको घोडाघोडी अस्पतालमा उपचार भईरहेको छ । स्वकीय सचिव कुँवरलाई चोट नलागेपनि  उनले चलाएको से १ ब १२९७ नम्बरको मोटरसाईकल नचल्ने अवस्थामा रहेको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर