• २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024

बंगलादेशी राष्ट्रपति मोहम्मद अब्दुल हमिद राजनीतिक भेटवार्तामा व्यस्त

काठमाडौं ।  नेकपा अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डले बंगलादेश र नेपालबीचको सम्बन्ध थप प्रगाढ हुँदै जाने विश्वास व्यक्त गरेका छन् ।

बुधबार नेपालको चारदिने भ्रमणमा रहेका बंगलादेशी राष्ट्रपति मोहम्मद अब्दुल हमिदसंगको भेटावार्ता उनले अन्तरदेशीय व्यापारका क्षेत्रमा बंगालदेश निकै अघि रहेको भन्दै दुईदेशीय सम्बन्धलाइ व्यापारिक हिसावले पनि प्रगाढ बन्दै जाने बताएका हुन् ।

भेटमा राष्ट्रपति हमिले नेपालमा लगानीको वातावरण देखिएको भन्दै नेपाल–बंगलादेशबीचको व्यापारिक सम्वन्ध थप प्रगाढ हुने बताएका थिए ।

यसअघि बुधबार नै राष्ट्रपति हामिदसंग राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले पनि भेटवार्ता गरेका थिए । उनी आज दिनभर नै भेटवार्तामा व्यस्त रहने भएका छन् भने साँझ हमिदको सम्मानमा राष्ट्रपति भण्डारीले दिने रात्रिभोजमा सहभागी हुने कार्यक्रम छ । 
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर