• २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024

नेपाल एभिसी महिला भलिबल च्याम्पियनसिपको फाइनलमा (भिडियोसहित)

ढाका । नेपाल बंगलादेशमा जारी एसियन भलिबल कन्फेडेरेसन (एभिसी) सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ ।

बुधबार बंगलादेशको ढाकामा भएको लिग चरणको अन्तिम खेलमा माल्दिभ्सलाई ३–० को सेटमा पराजित गर्दै नेपाल शतप्रतिशत जितसहित शीर्ष स्थानमा रहेर फाइनल पुगेको हो । शहीद सुहरावर्दी ईन्डोर स्टेडियममा नेपालले माल्दिभ्सलाई २५–१४, २५–६ र २५–१३ को सेटमा पराजित गर्यो ।

यस अघि नेपालले अफगानिस्तान, कीर्गिस्तान र बंगलादेशलाई सोझो सेटमा हराएको थियो । अब नेपालले उपाधिका लागि माल्दिभ्ससँग नै खेल्नेछ । माल्दिभ्स पनि लिगको दोस्रो स्थानमा रहदै फाइनल पुगेको छ ।
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर