बजारप्रति अझै फर्किएन लगानीकर्ताको विश्वास, सुचक र कारोबार दुवै घट्यो
काठमाडौं । बुधबार पनि सेयर बजार परिसुचक नेप्से सकारात्मक रहन सकेन । मंगलबार करिब ६ अंकले घटेको नेप्से सुचक बुधबार ४ दशमलव ८० अंकले घटेर १ हजार १ सय ३५ दशमलव १६ को बिन्दुमा बजार बन्द भएको छ ।
सुचकसँगै आज कारोबार रकम पनि घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार बुधबार १५४ कम्पनीको २७ करोड ५४ २७ हजार ८८६ रुपैयाँको ९ लाख ८ हजार ३६३ कित्ता सेयर किनबेच भएको छ । मंगलबार नेप्सेमा करिब ३८ करोड रुपैयाँको सेयर किनबेच भएको थियो ।
कारोबार रकममा आज एनएमबि बैंक अग्रपंक्तिमा छ । बैंकको ३ करोड १२ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । त्यस्तै माछापुच्छे बैंकको २ करोड १२ लाख रुपैयाँको सेयर खरिदबिक्री भएको छ ।
यसदिन कारोबारमा आएका अधिकांश समूहमा गिरावट आएको छ । आज ट्रेडिङ, फाइनान्स र अन्य समूहको सुचक बढेका छन् भने बाँकी समूहको सुचक घटेका छन् । जसमध्ये जीवन बीमा समूहको सुचकसबैभन्दा बढी ४० दशमलव ६४ अंकले घटेको छ ।
बुधबार सर्वाधिक कमाउनेमा साल्ट ट्रेडिङ कर्पोरेशनका सेयरधनी रहेका छन् । कम्पनीको सेयर भाउ ७ दशमलव ९२ प्रतिशतले बढेको छ । यता, नेपाल लाइफ इन्स्योरेन्सका सेयरधनी भने सर्वाधिक गुमाउनेमा परेका छन् । कम्पनीको सेयर मुल्य यसदिन ५ दशमलव ५१ प्रतिशतले घटेको छ ।
प्रतिकृया दिनुहोस