विकासलाई लक्ष्यमा पुर्याउन सहकार्यमा जोड

सल्यान । कृषि सेवा शाखाबाट प्रदान गरिने सेवालाई कसरि प्रभावकारि बनाउन सकिन्छ भन्ने बारेमा बुधबार कपुरकोटमा छलफल भएको छ । कृषि शाखाको सेवा प्रवाह विषयक समुदाय अंक पत्र आमने सामने बैठकमा यस प्रकारको छलफल भएको हो । कृषि शाखा मार्फत प्रवाह हुने सेवा सुविधाको बारेमा सम्पूर्ण किसानहरुमाझ सूचना पुर्याउनुपर्ने, स्वयम किसानहरु पनि सुचना प्राप्त गर्न जागरुक बन्नुपर्ने र विकासलाई लक्ष्यमा पुर्याउन सबैले सहकार्य गर्नुपर्ने बारेमा छलफल भएको थियो । 

हरप्लेस सल्यानको पारस्परिक जवाफदेहिता परियोजना अन्तर्गत भएको कार्यक्रममा परियोजनाका प्रोजेक्ट म्यानेजर टेक रानाले सेवा प्रदायक निकायलाई जवाफदेहि बनाउने औजारहरु मध्ये एउटा औजार समुदाय अंक पत्र पनि रहेको जनाउँदै यसले कृषि सेवालाई गुणस्तरिय बनाउन मद्दत पुर्याउने बताए । 

कार्यक्रममा कपुरकोट गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत अरुण दाहाल, वडा नम्बर ३ का वडाध्यक्ष मिन बहादुर सेन, कृषि शाखा प्रमुख टिका कुमारी राई लगाएतले बोल्दै यस पटक कृषिको आधुनिकिकरण र यान्त्रीकीकरणमा जोड दिइएको बताएका थिए । परियोजनाका जिल्ला संयोजक दिपेन्द्र शाहीले सहजिकरण गरेको कार्यक्रममा पशु सेवा शाखा प्रमुख अरुणा भण्डारी, मानव अधिकारकर्मी जित प्रसाद आचार्य, कृषकहरु तथा सरोकारवाला व्यक्तिहरुको सहभागीता थियो ।  

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर