• २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024

प्रधानमन्त्री ओली र बंगलादेशका राष्ट्रपति हमिदबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ब‌ंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदसँग भेटवार्ता गरेका छन् । 

काठमाडौंको मेरियट होटलमा भएको भेटमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, अर्थमन्त्री युवराज खतिवडा, उद्योग वाणिज्य तथा आपर्ति मन्त्री मातृका यादव लगायत सहभागी छन् ।

प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल फेसबुकमा पोस्ट गर्दै बंगलादेशका राष्ट्रपतिसँग भेट भएको जानकारी गराएका छन् । प्रधानमन्त्री ओलीले सरकार तथा नेपाली जनताका तर्फबाट राष्ट्रपति हमिद तथा उनकी धर्मपत्नीलाई न्यानो स्वागत गरेको उल्लेख गरेका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर