• २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024

बंगलादेशका राष्ट्रपति र राष्ट्रियसभा अध्यक्ष तिमिल्सिनाबीच शिष्टाचार भेट

काठमाडौंं । बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदसँग राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले आज शिष्टाचार भेट गरेका छन् । चारदिने नेपाल भ्रमणमा रहेका राष्ट्रपति हमिदसँग भएको भेटमा दुई देशबीच आपसी सम्बन्ध र सहकार्य बारे कुराकानी भएको थियो।

भेटमा राष्ट्रपति हमिदले दूरीले नजिक दुई देशबीच आर्थिक विकासका लागि सहकार्यका थुप्रै क्षेत्र भएको बताए । उनले बंगलादेशको स्वतन्त्रता संग्राममा समर्थन गर्ने नेपाल सातौं राष्ट्र भएको बताउँदै उक्त समर्थनको प्रशंसा गरे ।

त्यसैगरी, दुई देशको जनस्तर र संसदीय सम्बन्धलाई अभिवृद्धि गर्न भ्रमण आदन(प्रदान गर्नुपर्ने बताउँदै उनले अध्यक्ष तिमिल्सिनालाई बंगलादेश भ्रमणका लागि विशेष निमन्त्रणा दिए । उनले नेपालजस्तो सुन्दर र नजिकको देशमा अघिल्लो वर्ष २० हजारभन्दा बढी बंगलादेशी जनताले भ्रमण गरेको जानकारी गराउँदै यसलाई वृद्धि गर्न सकिने धारणा राखे । 

एक अर्को प्रसंगमा राष्ट्रपति हमिदले बंगलादेशमा पढ्ने नेपाली विद्यार्थीको भिसा समस्या समधानमा आफूले पहल गर्ने प्रतिबद्धता व्यक्त गरे । भेटवार्तामा अध्यक्ष तिमिल्सिनाले नेपाल र बंगलादेशको कूटनीतिक सम्बन्ध कायम भएदेखि नै मैत्रीपूर्ण रहेको बताए । उनले दुई देशबीच व्यापार, पर्यटन र संस्कृतिजस्ता क्षेत्रमा आपासी हितका लागि सहकार्य गर्न सकिने धारणा राखेका थिए । उनले नेपाल राजनीतिक मुद्दा समधानपछि विकास र समृद्धिमा केन्द्रित रहेको जानकारी दिँदै बंगलादेशको सहयोगको अपेक्षा गरे । 

अध्यक्ष तिमिल्सिनाले नेपालले २०२० लाई नेपाल भ्रमण वर्षका रुपमा मनाउन लागेकाले गर्मी मौसममा शितलता लागि बंगलादेशी जनातालाई राष्ट्रपतिमार्फत नेपाल भ्रमणको निम्ता गरेका थिए । 
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर