• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

राप्रपा अध्यक्ष कमल थापा अमेरिका प्रस्थान, बुद्धिमान तामाङलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी

काठमाडौं । राप्रपा अध्यक्ष कमल थापा अमेरिका प्रस्थान गरेका छन् । डिसेम्बर ४ र ५ तारिखमा अमेरिकाको वासिङ्टनमा हुने इन्टरनेश्नल डेमेक्रेटिक युनियनको अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन उनी बुधबार त्यसतर्फ प्रस्थान गरेका हुन् ।

अमेरिकामा रहदा उनले पार्टीको भातृ संगठन प्रवासी नेपाली एकता समाज अमेरिकाको अधिवेशको उद्घाटन र सम्बोधन गर्ने तथा अमेरिकाको विभिन्न स्थानमा प्रवासी नेपाली समुदायको आयोजनामा हुने विविध कार्यक्रममा सहभागी  हुने कार्यक्रम छ ।

त्यसअघि बुधबार बिहान बसेको पदाधिकारी बैठकमा अध्यक्ष थापाले आफ्नो अनुपस्थितिमा पार्टीको दैनिक कार्य सम्पादन गर्न वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी प्रदान गरेका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर