• २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024

कमल थापा अमेरिका प्रस्थान

काठमाडौं । राप्रपा अध्यक्ष कमल थापा अमेरिका प्रस्थान गरेका छन् । डिसेम्बर ४ र ५ तारिखमा अमेरिकाको वासिङ्टनमा हुने क्ष्लतभचलबतष्यलब िम्झयअचबतष्अ ग्लष्यल को अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन उनी त्यसतर्फ प्रस्थान गरेका हुन् । 

पार्टीको भातृ संगठन प्रवासी नेपाली एकता समाज अमेरिकाको अधिवेशनमा प्रमुख आतिथिको रुपमा समुदघाटन र सम्बोधन पनि गर्ने उनको कार्यक्रम रहेको छ । 

आज बिहान बसेको पदाधिकारी बैठकमा अध्यक्ष थापाले आफ्नो अनुपस्थितिमा पार्टीको दैनिक कार्य सम्पादन गर्न वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी प्रदान गरेको राप्रपा प्रचार विभागका प्रमुख मोहन श्रेष्ठले जानकारी दिए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर