• २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024

परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानको उप–कार्यकारी निर्देशकमा युवा परराष्ट्र विज्ञ सापकोटा नियुक्त 

काठमाडौँ । सरकारले  परराष्ट्र मामिला सम्बन्धी सरकारी थिंक ट्यांक ‘परराष्ट्र मामिला अध्ययन प्रतिष्ठान’को उप–कार्यकारी निर्देशकमा युवा परराष्ट्र विज्ञ रुपक सापकोटा लाई नियुक्त गरेको छ । प्रतिष्ठानको रिक्त पदमा परराष्ट्रमन्त्रीस्तरीय निर्णयबाट बुधबार सापकोटालाई नियुक्त गरिएको मन्त्रालयले जानकारी दिएको छ । 


इन्द्रा अधिकारीले केहि समयअघि राजीनामा दिएपछि उक्त पद खाली थियो। प्रतिष्ठानको कार्यकारी निर्देशकमा राजेश श्रेष्ठ छन्।

सापकोटाले चीनको बेइजिङस्थित रनमिन विश्वविद्यालयवाट अन्तर्राष्ट्रिय विषयमा विद्यावारिधी गरेका छन्।  ‘चीन–भारत–नेपाल त्रिदेशीय सम्बन्ध’ मा विद्यावारिधी हासिल गरेका सापकोटा हाल त्रिभुवन विश्वविद्यालयमा अध्यापन गराउँछन्। साथै, त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय सम्बन्ध तथा कुटनीति विषय समिति सदस्यका रुपमा पनि जिम्मेवारी निर्वाह गदै आएका छन्।

विगत एक दशकदेखि सघन अध्ययन–अनुसन्धानमा लागेका सापकोटाले अनुसन्धात्मक जर्नलमा प्रकाशित आलेखका अलवा मूलधारका पत्रपत्रिकामा अन्तर्राष्ट्रिय सम्बन्ध, वैदेशिक मामिला एवं राष्ट्रिय सुरक्षा लगायतका रणनीतिक विषयहरुमा निरन्तर लेखहरु प्रकाशित गर्दै आएका छन्।  

नेपाल–चीन मामिलाका विज्ञ सापकोटा चिनियाँ भाषामा राम्रो दख्खल राख्दछन्।

सापकोटा वैदेशिक मामिला सम्बन्धी अल्पकालीन तथा दीर्घकालीन नीति तर्जुमा गर्ने, अन्तर्राष्ट्रिय सम्बन्धका विभिन्न आयामहरुको अध्ययन–अनुसन्धान गर्ने र यस क्षेत्रमा नेपालले अवलम्बन गर्नुपर्ने रणनीतिबारे अवधारणा तयार गरी नेपाल सरकार समक्ष पेस गर्ने लगायतका महत्वपूर्ण जिम्मेवारी रहेको परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानमा महत्वपूर्ण योगदान दिने गरी काम गर्ने सापकोटाले बताए।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर