• २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024

भक्तपुरमा उपनिर्वाचन: नेता बस्नेत भन्छन्, मेरो र डीपी ढकालको जोडी मदनकृष्ण र हरिवशंको भन्दा राम्रो

‘डीपीको त्याग र बलिदान हेर्दा आखाँबाट आँशु आउँछ’

काठमाडौं । ‘डी पी ढकालको त्याग, तपस्या र बलिदान हेर्ने हो भने हाम्रो आँखाबाट आँशु आउँछ ।’ पूर्वमन्त्री तथा नेकपा सांसद महेश बस्नेतले केहीदिनअघि मात्र भक्तपुरको एक चुनावी सभामा गरेको सम्बोधन हो यो । भक्तपुर प्रदेशसभा १ ‘क’ मा उम्मेदवारी दिएका कुशल तथा शालिन नेता डि पी ढकालको बारेमा यथार्थतालाई हेरेर जनताले मतदान गर्नपर्ने बेला आएको उनी बताउँछन् ।

तत्कालिन प्रदेशसभा सदस्य हरिशरण लामिछानेको मृत्युपश्चात रिक्त रहेको भक्तपुर प्रदेशसभा ‘क’ मा नेकपाले लामो समयदेखि राजनीतिमा सक्रिय हुँदै आएका युवा डि पी ढकाललाई उम्मेदवार बनाएको छ । आन्तरिक किचलोमा रुमलिरहने भक्तपुर नेकपा यतिबेला ‘एक मत, डिपी ढकाल’ भन्दै चुनावी माहोल तताउँदै छ । 

सांसद बस्नेतले चुनावी सभामा बोल्दै भने–‘हरिशरण जी को विरासतसंग जोडिएको क्षेत्र हो । उक्त विरासत जोगाउनका लागि पनि हामीलाई त्याग, तपस्या र मिहेनतका साथ काम गर्ने उम्मेदवार हामीलाई चाहिएको थियो । त्यो उम्मेदवार डिपी ढकाल हो, भन्ने कुरामा हिजो कुनै द्विविधा रहेन् ।’ 

आगामी मंसि १४ गते हुने उपनिर्वाचनको मत माग्ने क्रममा गरिएको सम्बोधनमा पूर्वमन्त्री तथा सांसद महेश बस्नेतले भने–‘हिजो डिपी ढकालको बारेमा अनेक भ्रमहरु फैल्याउन खोजिए । तर जब डिपी ढकाल मैदानमा जानुभयो त्यसपछि पर्दा खुल्दै खुल्दै गयो ।’ 

‘मन्त्री भन्दा कम हुने छैनन डीपी’
नेकपा सचिवालय सदस्य तथा प्रस्तावित उपाध्यक्ष वामदेव गौतम स्वयं मनोनयन दर्ताको क्रममा भक्तपुर पुगेका थिए । भक्तपुरमा नेता गौतमले ढकाललाई भक्तपुरवासीले जिताएर पठाएपछि मन्त्री बनाएर पठाउने जिम्मा आफ्नो भएको बताए । उनले भने–‘तपाईहरु डिपी ढकाललाई प्रदेश सभा सदस्यमा जिताएर पठाउनुस्, यो तीन वर्षभित्र उहाँलाई मन्त्री बनाउने जिम्मा हाम्रो भयो । त्यसैले अब भनौं, बल बल सूर्य, बल बल डिपी ढकाल ।’

वामदेवले डिपीलाई मन्त्री बनाउने भनेको कुरा स्मरण गर्दै अर्को दिनको कार्यक्रममा नेता बस्नेतले भने–‘अस्ति वामदेव कमरेडले मन्त्री बनाउने कुरा गर्नुभयो, मन्त्री बन्नुहोला नहोला उहाँको भाग्यले के होला, तर कुनै मन्त्री भन्दा डीपी ढकालको आवश्यक्ता कमी हुन्छ भन्ने मलाई लाग्दैन ।’

नेकपा भक्तपुरमा ढकाललाई जिताउन सिंगो पार्टी लागेको भन्दै पूर्वमन्त्री बस्नेतले नेकपालाई अब कुनै शक्ति आएर पनि हराउन नसक्ने दाबी गरे ।

‘अब मलाई विकासको साथि डि पी ढकाल’
साथै, उनले भक्तपुरमा लामो समयदेखि आफूलाई विकास गर्नका लागि साथि चाहिएको भन्दै उक्त विकासको साथि ढकाल रहेको बताए । उनले भने–‘विकासको पहल गर्ने कुरामा महेश बस्नेतलाई एउटा सहि साथि चाहिएको थियो । त्यो सहि साथि भनेको डिपी ढकाल हुनुहुन्छ ।’ 

मदनकृष्ण र हरिवशंको जोडी नेपाली कलाकारिताको क्षेत्रमा उदाएको भन्दै नेता बस्नेतले ढकाल र आफ्नो जोडी भक्तपुरमा त्यसैगरी उदाउने वाचा गरे । उनले भने–‘मदनकृष्ण र हरिवशंको जोडी जसरी नेपाली कलाकारीतामा उत्कृष्ट भएको छ, भक्तपुरमा पनि महेश बस्नेत र डीपी ढकाल भयो भने त्यो भन्दा राम्रो हुन्छ ।’

साथै, भक्तपुर नेकपा अध्यक्ष वचन देउजाले नेता ढकाललाई जिताउन सिंगो भक्तपुर एक भइसकेको बताए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर