• २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024

कालापानीबारे चीनले मुख खोल्दै भन्यो, ‘हामी सधैं नेपालको अखण्डताका पक्षमा छौं’

काठमाडौं । भारतले आफ्नो राजनीतिक नक्सामा नेपाली भुभाग लिम्पियाधुरा क्षेत्रलाई समेत राखेपछि भएको पछिल्लो बसमा अर्को छिमेकी चीनले मुख खोलेको छ । 
नेपाल स्थित चिनियाँ दुताबासले दुई देशबीचको यो विवाद मैत्रीपूर्ण परामर्शबाट समाधान होस भन्ने चाहना व्यक्त गरेको छ । 

‘कालापानीमा आ–आफ्नो क्षेत्रको विवादमा नेपाल र भारतले मैत्रीपूर्ण परामर्श र वार्ताको माध्यमबाट हल गरोस् भन्ने चिनियाँ पक्ष चाहान्छ,’ समाचार दैनिकसँग कुरा गर्दै चिनियाँ दुतावास श्रोतले भन्यो, ‘चिनियाँ पक्षले सँधै नेपाली पक्षको सार्वभौम र क्षेत्रीय अखण्डताका लागि सम्मान गरेको छ ।’

नेपाल–भारत विवादका विषयमा चिनियाँ पक्षलाई समेत जोडेर आएका समाचार प्रति दूतावासले खण्डन समेत गरेको छ । ‘हामीले केही गैर–जिम्मेवार सञ्चारमाध्यम र फरक समूहहरुमाथि ध्यान दिँदै आएका छौँ, जो चीनले नेपाली भूमिको पनि अतिक्रमण गरेको दाबी गरिरहेका छन् । यी आरोपहरु आधारहिन र पूर्ण रुपले सही र गलतलाई भ्रमित गर्ने र जनताको ध्यानलाई भड्काउने उद्देश्यका छन्’ दूताबासले भनेको छ । 

चीनले नेपाल र चीनबीच सधैं राम्रो सहकार्य रहेको स्मरण गराउदै चीन तर्फ समेत सीमा मिचिएको भन्ने प्रचारको खण्डन गरेको छ । ‘चीन र नेपालले सन् १९६१ मा सीमा सन्धिमा हस्ताक्षर गरेका छन् र सीमाको सिमांकन र निर्धारण गरिएको छ । वर्षौदेखि सीमा र सुख्खा बन्दरगाह जस्ता मामिलामा दुवै पक्षबीच राम्रो सहकार्य हुँदै आएको छ’ चिनियाँ दूतावास श्रोतले भन्यो ।

यसै वर्ष अक्टोबरमा राष्ट्रपति सी चिनफिङले नेपालको राजकीय भ्रमण गरेको प्रशंग कोट्याउदै चीनले दुवै देशले सीमा प्रवर्दन प्रणालीमा हस्ताक्षर गरेको बताएको छ । 


‘भ्रमणका दौरान दुवै पक्षले सीमा प्रवद्र्धन प्रणाली सम्झौँतामा हस्ताक्षर गरेका छन् । सीमा विषयमा बाहिरी हस्तक्षेपबाट बच्न र आम विकासलाई बढावा दिन नेपाली पक्षसँग सहयोगलाई अझ बलियो बनाउन चीन तयार छ । चीन–नेपाल सम्बन्धहरुलाई कमजोर बनाउने कुनै पनि प्रयास हुनेछैन’ चीनले भनेको छ ।
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर