• शुक्रबार ३-२६-२०७७/Friday 07-10-2020/ 03:41 pm

डीपी ढकाल जिताउन भक्तपुर पुगे नेता नेपाल

भक्तपुर । नेकपाका उम्मेद्वार डीपी ढकाल जिताउन पुर्व प्रधानमन्त्री एवम् नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाल भक्तपुर पुगेका छन् । प्रदेशसभाका लागि भक्तपुर १ (क) बाट उम्मेद्वार बनेका नेता ढकाललाई जिताउन नेता नेपाल भक्तपुर पुगेका हुन् ।

भक्तपुर १(क)मा आगामी मंसिर १४ गते हुने उप निर्वाचनमा नेकपा उम्मेदवार डीपी ढकाललाई जिताउन नेपालले अपिल गरे। ‘डीपी ढकालका पछाडि सिङ्गो नेकपा छ, सिङ्गो सरकार  छ, सिङ्गो प्रदेश सरकार छ , सिङ्गो नगरपालिका छ ।’ नेपालले भने, ‘त्यसैले यस क्षेत्रको विकास र समृद्धिको नेतृत्व ढकालले मात्र गर्न सक्छन् ।’

उनले अबको एकमात्र वाटो आर्थिक विकास र वेरोजगारीको अन्त्य भएको वताएका छन्। आज भक्तपुरको सरस्वती खेलमा आयोजित चुनावी सभामा वोल्दै नेता नेपालले भने– अब सिङ्गो राष्ट्रको ध्यान आर्थिक क्रान्तिमा केन्द्रित हुनुपर्ने आवश्यकता छ ।  नेपालले भावी पुस्तालाई समृद्ध र विकसित नेपाल हस्तान्तरण गर्नुपर्ने वताए। 

चुनावी सभामा नेकपाका केन्द्रीय सदस्य एवम् सांसद महेश बस्नेतले ढकालको जित सुनिश्चित भैसकेको दावी गरे। सभामा उम्मेदवार डीपी ढकालले आफ्ना चुनावी प्रतिवद्धता राखेका थिए।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

‘किर्ते’ आरोपीलाई पटक–पटक ठेक्का ! ९१ लाख बढी कबुल गरेकालाई मिलेमत्तोमा टेण्डर 

  • २६ असार, २०७७

धनगढी । कोभिड–१९ को महामारीमा विश्व नै आक्रान्त बनिरहेको बेलामा नेपालमा भने स्वास्थ्य सामाग्री खरिदमै भएको भ्रष्टाचारका श्रृङ्खलाहरु एकपछि

एकताको जस र फल खाएर एकताकै विरोध गर्न मिल्दैन : नेकपा नेता राजेन्द्र राई 

  • २६ असार, २०७७

काठमाडौं । नेकपाका केन्द्रीय सदस्य एवम् अनेरास्ववियूका पुर्व अध्यक्ष राजेन्द्रकुमार राईले सुदृढ एकताको लागि  एकअर्काको गाली र अपमान बन्द गर्न

सप्तकोशी नदीमा पानीको बहावले खतराको स्तर नाध्यो, ३० वटा ढोका खोलिए

  • २६ असार, २०७७

सुनसरी । लगातारको बर्षाका कारण सप्तकोशी नदीमा पानीको बहावले खतराको स्तर नाघेको छ । खतराको स्तर नाघेपछि कोशी ब्यारेजका ५६ मध्ये ३० वटा ढोका खोलिएको छ