• २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024

आजको राशिफल : कात्तिक ३० विशेष

मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )
अनुहारमा कान्ति र मनमा शान्ति छाउला । व्यापार व्यवसायमा सफलता मिल्नेछ । नजिकको व्यक्तिबाट कार्य पुरा हुनेछ ।

वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )
प्रेममा सफलता प्राप्त हुनुका साथै कार्यप्राप्तिका योग पनि देखिन्छन् । व्यवसायका लागि यात्राको सम्भावना पनि छ । शुभकार्यको चर्चा चल्नेछ ।

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )
नयाँ व्यक्तिसंग भेटघाट हुनेछ । बिनाप्रतिस्पर्धा फाइदा हुने योग छ । नयाँ वस्त्र, अलंकारको प्राप्ति हुनेछ । शुभकार्यको चर्चा चल्नेछ ।

कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )
काम नबन्नाले दिक्क लाग्नेछ । यात्रामा मालसामान हराउन सक्छ । आर्थिक कारोवारमा मन्दी आउनेछ । कार्य सम्पादनमा समस्या आउला ।

सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )
नयाँ सवारी साधन प्राप्तिको योग छ । मुद्धा मामिलामा विजयी प्राप्त हुनेछ । दिनको उत्तरार्ध सुखद रहनेछ । घरमा अतिथीको आगमन हुनेछ ।

कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )
नयाँ कार्यको योजना बन्नेछ । कुटुम्बको सहयोग मिल्नेछ । प्रेम र मित्रताको बन्धन कसिने बेला छ । अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ ।

तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )
बन्धु–बान्धवबाट सहयोग मिल्नेछ । साहित्यिक क्षेत्रमा रुची बढ्नेछ । बौद्धिकताको विकास हुनेछ । अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ ।

वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )
बोलीको विशेष ख्याल गर्नुपर्ने देखिन्छ । स्वास्थ्यमा पनि प्रतिकूलता रहनसक्ने देखिन्छ । अनावश्यक धन खर्च हुनेछ । कार्यमा बाधा आउनसक्छ ।

धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )
शुभ कार्यको चर्चा चल्नेछ । श्रमको उचित मुल्याङ्कन हुनेछ । महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । स्वास्थ्यमा सुधार आउला ।

मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )
पुनर्मिलन र लाभदायक यात्रा हुनेछ । पारिवारिक साथ सहयोगले उल्लेख्य कार्य सम्पादन हुने देखिन्छ । दिनको उत्तरार्ध सुखद् रहनेछ ।

कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा )
नयाँ कार्यको थालनी हुनेछ । सांगितीक क्षेत्रमा रुची बढ्नेछ । पार्टी तथा सेमिनारमा सहभागी भईएला । धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ ।

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )
यात्रामा सावधानी अपनाउनु पर्नेछ । मन खिन्न हुने स्थिति आउनेछ । राजनैतिक कार्यमा बाधा आउनेछ । नाक तथा घाँटीमा समस्या आउला ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर