• २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024

आजको अखबार : आलमलाई जेल पठाउने आदेश दिनासाथ न्यायाधीश र सरकारी वकिलले जिल्ला छाडे

काठमाडौं । आजको अधिकांश पत्रपत्रिकामा आलम जेल चलानसम्बन्धLका समाचार प्रकाशित भएका छन् । 

नयाँ पत्रिका दैनिक : आलमआतंक जेल पठाउने आदेश दिनासाथ न्यायाधीह र सरकारी वकिलले जिल्ला छाडे 

आफैँले बनाउन लगाएको बम विस्फोट हुँदा घाइते भएका युवालाई जिउँदै इँटाभट्टाम हाल्ने मोहम्मद अफताव आलमको आतंक कुन हदसम्म छ ? १२ वर्षपछि उनलाई जेल पठाउने न्यायाधीशको मनस्थितिले पनि यो बयान गर्छ ।

गोरखापत्र : आलम जेल चलान 

बम विस्फोटमा घाइते भएका व्यक्तिलाई इँटाभट्टामा जिउँदै जलाएर मारेको अभियोगमा पक्राउ परेका पूर्वमन्त्री मोहम्मद आफताब आलमलाई जेल चलान गरिएको छ । रौतहट जिल्ला अदालतका न्यायाधीश दीपक ढकाललको इजलासमाले थुनामा राखी मुद्दाको पुर्पक्ष गर्न आदेश दिएपछि आलमलाई शुक्रबार गौर कारागार चलान गरिएको छ । 

अन्नपूर्ण पोस्ट दैनिक : आलम जेल चलान

निलम्बित सांसद एवं पूर्वमन्त्री मोहम्मद अफताव आलम जेल चलान भएका छन् । कर्तव्य ज्यान मर्ने उद्योग र विस्फोटक पदार्थसम्बन्धी मुद्दामा उनलाई रौतहट जिल्ला अदालतले थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्न आदेश दिएको हो । आठ दिन लामो थुनछेक बहसपछि न्यायाधीश दीपक ढकाललको इजलासले आलमलाई थुनामा पठाएको हो । उनलाई गौर कारगार चलान गरिएको अदालतका स्रेस्तेदार गुणराज पराजुलीले बताए । 

नागरिक दैनिक : प्याराताल कब्जा गर्न सीमास्तम्भ गायब

कञ्चनपुरको पुनर्रवास नगरपालिका–९ बीचफाँटमा १९५ नम्बरको सीमा स्तम्भ ढलेको छ भने १९६ नम्बरको सीमास्तम्भ वर्षाैंदेखि भारतीय पक्षयले गायब पारेका छन् । दुधुवा नेसनल पार्कनजिकै रहेको नेपाली भूभागमा पर्ने प्याराताल कब्जामा लिने नियतले भारतीयले सो क्षेत्रमा रहेका सीमास्तम्भमा खेलबाड गरेको स्थानीय बताउँछन् । 

कान्तिपुर दैनिक : बाल यौन दुराचारीको दृष्टि नेपालतिर 

काभ्रे जिल्ला अदालतमा ०७६ असार २३ मा बेग्लै चहलपहल थियो । न्यायाधीश अर्जुन अधिकारीको उच्च आयोगमा ‘मिनिस्टर काउन्सिलर’  अमान्ड स्ट्रोहन र महावाणिन्युदूत भेरोनिक देसहाइस उपस्थित थिए ।उनीहरूलाई एजलासमा उपस्थित हुने अवस्था मिलाइदिन जिल्ला स्थित क्यानाडेली दुतावासले ०७६ असार १८  मा परराष्ट्र मन्त्रालयलाई ‘कूटनीतिक नोट’ नै लेखेका थिए । 

 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर