साँच्चै हो
सदियौँदेखि
ब्रह्मपुत्रका ताता बालुवामा
र असमका बाह्र जिल्लामा
अनि
शिलाङका काला कोइलाखानीहरूमा
दिनौँ रगटिँदा
स्फटिक ती सेतै हृदयहरू
र
परशुरामका कुण्डकुण्डमा नुहाएर
अदुवाका हरिया बोटहरूमा
सहीछाप गरेका औंलाहरूले
यता
नागाल्यान्डका पाखा पखेरुहरूमा
नलुटाई आफ्नो परम्परा
उता
आइजोलका डाँडाकाँडाहरू सम्याउन
पसिनाका धारा बगाएपछि
साँच्चै हो
ढाका टोपी हल्लाउँदै
मणिपुर दरबारमा ओलन खेप्दाको
र
आफ्नै जन्मभूमिमा
इतिहास अचानक हल्लिएपछि
भूगोल घुम्छ
र
इन्द्रजाल बुनिन्छ
आफू हुर्केको धुलोमा ।
प्रतिकृया दिनुहोस