मेरो माइक्रोफाइनान्स लघुवित्तको ७औँ वार्षिक साधारणसभा सम्पन्न

नुवाकोट । मेरो माइक्रोफाइनान्स लघुबित्त बित्तीय संस्थाको ७ औ बार्षिक साधारणसभा सम्पन्न भएको छ । शुक्रबार नुवाकोटको बट्टारमा  सम्पन्न साधारण सभाले सञ्चालक समितिको प्रतिवेदन पारित गर्नुका साथै आर्थिक बर्ष २०७५–७६ को फाइनान्सको बित्तीय  विवरणमाथि छलफल गरी स्वीकृत गरेको छ । सभाले संस्थाको सर्बसाधारण शेयरधनीका तर्फबाट ज्ञानु कृष्ण अधिकारी  निर्विरोध निर्वा्चित भएका हुन् । 

उक्त सभामा विभिन्न १० प्रवद्र्धक बैङ्कका प्रतिनिधि सहभागी थिए । सभामा वित्तीय संस्थाको आव २०७५र०७६ को वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै कम्पनीका अध्यक्ष सञ्जिब मानन्धर ले संस्था सञ्चालनको छैटौं  वर्षमा  संस्थाले ७ अर्ब ४१करोड ऋण लगानी गरी १५ करोड ६८ लाख सञ्चालन मुनाफा आर्जन गरेको बताए ।

साधारणसभाले चुक्ता पूँजीको ३० प्रतिशत बोनस शेयर र बोनसमा लाग्ने कर प्रयोजनका लागि १.५८ प्रतिशत नगद लाभांश गरि कुल ३१.५८ प्रतिशत लाभान्स अनुमोदन गरेको छ । हाल चुक्ता पूँजी ६५ करोड ७८ लाख रुपैयाँ रहेको संस्थाले बोनस शेयर पछि चुक्ता पूँजी वृद्धि गरी ८५ करोड ५१ लाख पुग्ने बताए । 

संस्थाका प्रमुख कार्यकारी अधिकृत रामहरि दाहालले आगामी बर्षमा प्रादेशिक संरचनामा जाने र ७७ जिल्लामै आफ्नो शाखा बिस्तार गर्ने योजना रहेको बताए । 

नुवाकोटको बट्टारमा कर्पोरेट कार्यालय रहि कार्य गरिरहेको फाइनान्सले हाल १११ शाखा कार्यालयमार्फत ५६ जिल्लामा कार्यक्रम सञ्चालन गरिरहेको संस्थाले १ लाख भन्दा बढी विपन्न घर परिवारलाई लघुवित्तीय सेवा दिइरहेको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर