• २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024

घरको पर्खालले किचेर एकको मृत्यु

हेटौंडा । मकवानपुरको बकैया गाउँपालिका–३ जलजलेमा घर भत्काउने क्रममा पर्खालले किचेर एकजनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार स्थानीय शान्ति लामाको घर भत्काउने क्रममा बकैया–३ चिसापानीका २७ वर्षीय बुद्ध लामा मोक्तानको मृत्यु भएको हो ।
 
घर भत्काउँदै गरेका मोक्तान पर्खालले किचेपछि घाइते भएका थिए । घाइते मोक्तानलाई हात्तीसुँडे स्वास्थ्यचौकी लैजाँदै गर्दा उनको बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले जानकारी दिए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर