• २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024

‘इंग्ल्यान्ड रोज’ राजकुमारी डायनाको जिन्दगीको त्यो अन्तिम दिन

फाइल तस्बिर

बिबीसी । राजकुमारी डायनाले आफ्नो अन्तिम दिन आफ्ना प्रेमी (पार्टनर) डोडी अल फायदको डुंगाको माथिल्लो भाग (डेक)मा बिताइन् । नास्तामा उनले एक ताजा जामसँगै एक क्रोएसा खाइन् । यसका साथै डायनाले दूध–कफी पनि लिइन् । डोडीले भने कालो कफी मगाए । 

त्यो दिन करिब साढे ११ बजे उनीहरूलाई डुंगा छोडे ता कि डोडीको निजी विमानबाट समयमै पेरिस पुग्न सकियोस् । उनीहरूसँगै डोडीको एक नोकर र उनको मालिस गर्ने एक व्यक्ति पनि गए, किनकि त्यस दिन डोडीलाई पिठ्युँमा निकै दुख्ने भइरहेको थियो ।

त्यस दिन डोडीको पात्रोमा केवल एक प्रस्थान थियो । उनले साँझको साढे ६ बजे पेरिसमा आफ्नो पिताको होट रिट्ज नजिकैको एक गहना पसलबाट एउटा औँठी लिनुपर्ने थियो । विमानबाट तल ओर्लनेबित्तिकै उनलाई फोटोग्राफरहरूले घेरे र तस्बिर लिन सुरु गरे । त्यस साँझ दुवै जना रिट्ज होटलमा पुगे । डायना आफ्नो कपाल बनाउन होटलको सैलुन गइन् र डोडी आफ्नो गहना पसलको मालिकलाई भेट्न गए । 

राजकुमार चार्ल्स र राजकुमारी डायना

चर्चित पत्रकार क्रिस्टोफर एन्डरसनले आफ्नो किताब ‘द डे डायना डाइड’मा लेखेका छन्, ‘पहिले उनीहरू दुवै पेरिसको रेस्टुरेन्ट ‘शे बेनोय’ गए तर जब त्यहाँ उनीहरूले फोटोग्राफरको भीड देखे, त्यहाँबाट तुरुन्तै फर्किएर रिट्ज होटलको डाइनिङ कोठामा आए । त्यहाँ डायनाले साकाहारी ‘टेम्पुरा’को अर्डर गरिन् भने डोडीले ग्रिल्ड ‘टरबोट’ माछा मगाए ।’ 

‘अर्डर दिएपछि उनी असहज महसुस गरिरहेकी थिइन्, किनकि त्यहाँ थुप्रै आँखाहरूले उनलाई घुर्न थालेका थिए । उनले तुरुन्तै डाइनिङ कोठा छोडिन् र उनले कान्टरमा गएर उनको खाना उनको इन्पिरयल स्विटमा पु¥याइदिन भनिन् ।’ 

एन्डरसेन अगाडि लेख्छन्, ‘डोडीले योजना बनाए कि अगाडिको गेटीबाट उनीहरू बाहिर निक्लँदै छन् भन्ने ड्राइभर र अंगरक्षकले संकेत दिनेछन्, जहाँ उनीहरूको मर्सिडिज गाडीहरू उनको पर्खाइमा छन्, त्यसैबेला डोडी होटलको पछाडिको ढोकाबाट होटलको अर्को मर्सिडिज एस–२८० मा निक्लनेछन् ।’ 

डोडीको यो योजना सफल भयो, तर त्यस दिन उनको ड्राइभर आनरी पोलले मदिरा सेवन गरेका थिए । ड्राइभरको रगतमा मदिराको मात्रा फ्रान्सको कानुनी मान्यता सीमाभन्दा तीन गुणा बढी थियो । पछि जब उनको रगतको जाँच गरियो, त्यसमा प्रोजेक र टियाप्राइडलजस्ता औषधिहरूको अंश पनि पाइएको थियो, जसलाई एन्टिडिप्रेसेन्टको रूपमा लिइने गरिन्छ । 

सुरुङको खम्बामा ठोकियो मर्सिडिज :

होटलको पछाडिको ढोकाबाट निक्लने कुरा फोटोग्राफरले थाहा पाइसकेका थिए, उनीहरू निक्लेको तुरुन्तै फोटोग्राफरहरू मोटरसाइकल चढेर दौडन थाले । उनीहरूको ड्राइभर फ्रोटोग्राफरहरूलाई छक्याउँदै आइफेल टावरनजिकै ‘पों दे अलमा’ सुरुङभित्र घुस्यो । ठीक १२ बजेर २३ मिनेटमा फोटोग्राफरहरूबाट बचेर निक्लेन प्रयास गरिरहेको कार सुरुङको एक कंक्रिट खम्बामा ठोकियो । 

यो दुर्घटना हुन केही समयअघि मात्र डोडीका अंगरक्षक ट्रेभर रिस जोन्सले आफ्नो सिट बेल्ट लगाएका थिए । उक्त कारमा सवार चार व्यक्तिमध्ये एकजना मात्र बाँच्न सफल भए । पछि एक प्रत्यक्षदर्शीले बिबिसीसँगको कुराकानीमा भने, ‘हामी सेन नदीको किनारमा हिँडिरहेका थियौँ, त्यही समय हामीले एक ठूलो विस्फोटको आवाज सुन्यौँ । कसैले नजिकैबाट बन्दुक फायरिङ गरेको जस्तो लाग्यो र एक कारको टायरहरूको ‘स्क्रिच’को आवाज सुनियो । 

अर्का एक प्रत्यक्षदर्शीले बताए, ‘म, मेरी प्रेमिका र अन्य तीन पर्यटकसँग सुरुङको द्वारमा थियौँ । ट्राफिक निकै सुस्त थियो, किनकि सवारी साधनहरू ६० किलोमिटर प्रतिघण्टाको रफ्तारले अघि बढिरहेका थिए । विस्फोट भएलगत्तै म र एक जर्मन पर्यटक त्यतातर्फ दौडियौँ, ताकि हामी कारमा सवार व्यक्तिहरूको मद्दत गर्न सकूँ ।’

१ बजेर २० मिनेटमा एम्बुलेन्स त्यहाँ पुग्यो । एम्बुलेन्समा सवार थिए डक्टर आर्नल्ड डोरोसी । उनले पछि बिबिसीसँग भने, ‘त्यहाँ हामीले कार होइन, कारको अवशेष मात्र भेट्यौँ । ड्राइभर र डोडीको ज्यान गइसकेको थियो । कारबाट १० देखि २० गजको दूरीमा एक व्यक्ति ढलेको थियो र एक चिकित्सा टोली उनको हरसम्भव तरिकाले मद्दत गरिरहेका थिए ।’

डोरोसी अगाडि बताउँछन्, ‘हामी त्यहाँ (दुर्घटनास्थल) पुग्दा राजकुमारी जीवित नै थिइन् । उनी कारको पछाडिको सिटमा थिइन् र उनको आधा शरीर कारको फर्समा र आधा शरीर कारको सिटमा थियो । उनी लगभग अचेत थिइन् र केही बोल्ने प्रयास गरिरहेकी थिइन् ।

डायना के भन्ने कोसिस गरिरहेकी थिइन् तपाईंलाई केही याद छ ? भन्ने बिबिसीको प्रश्नमा डक्टर डोरोसीको जवाफ यस्तो थियो, ‘त्यो बुझ्न निकै गाह्रो थियो, तर उनलाई निकै पीडा भइरहेको म देख्न सक्थे । उनले आधा–आधी शब्दमा निकै पीडा भइरहेको बताइरहेकी थिइन् ।’

फोटोग्राफर क्रिस्टोफर एन्डरसनले लेखेका छन्, ‘अमेरिकीहरू पेरा–मेडिक्स स्कुप एन्ड रन अर्थात् उठाऊ र भाग प्रविधिमा विश्वास गर्छन्, जबकि फ्रान्सेलीहरू ‘स्टे अन्ड प्ले’ प्रविधिमा विश्वास गर्छन् । यतिबेलासम्म लेडी डायना बाटोमै थिइन्, त्यही बेला उनलाई हृदयाघात भयो र एम्बुलेन्सलाई रोकेर उनलाई ‘एइडी’ र ‘सिपिआर’ दिइयो ।’
‘१ बजेर ४५ मिनेटमा फ्रान्समा बेलायती राजदूत माइकल रेले दुर्घटनाको सूचना पाए । उनले तुरुन्तै महारानीको निजी सचिव रोबिन ज्यानव्रिनलाई फोन गरेर यसबारे अवगत गरे । ठीक २ बजेर १ मिनेटमा डायना चढेको एम्बुलेन्स अस्पताल पुग्यो ।’

राजकुमारी बाँच्ने आशा थियो :

उक्त एम्बुलेन्समा सवार केही व्यक्तिसँग अन्तर्वार्ता दिए । लेडी डायनालाई सिपिआर दिने प्यारामेडिक जेभियर गुरमिलोनले भने– ‘डायनाको पूरै शरीरमा कतै पनि रगतको एक थोपा देखिएन ।’ जब डायनालाई सिपिआर दिइरहिइएको थियो उनी को हुन् भन्ने अनुमान पनि नलगाइएको जेभियरले बताए । ‘जब मैले उनको मुटुको मालिस गरें, उनी ठीक भइरहेकी छिन् भन्ने मलाई लाग्यो । जतिबेला उनलाई एम्बुलेन्समा सुताइएको थियो, उनमा श्वास चलिरहेको थियो,’ उनी भन्छन्, ‘तपाईंलाई इमादारीका साथ भनौँ, उनी बाँच्नेछिन् भन्ने मलाई लागेको थियो ।’

उनको हेरचाह गर्ने एक अन्य चिकित्सक डेनियल इरोडका अनुसार कारबाट निकालेर एम्बुलेन्समा चढाउँदै गर्दा पहिलोपटक डायनाको मुटुको धड्कन रोकिएको थियो । तर, ‘कार्डियक मसाज’ दिएपछि उनको मुटुको धड्कन फेरि चल्न थालेको थियो ।
 
एम्बुलेन्समा उनको अवस्था फेरि खराब भयो र चिकित्सकहरूले काम रोके । उनलाई अस्पताल पु¥याउँदासम्म उनको धड्कन चलिरहेको थियो, तर श्वास लिन सजिलो होस् भनेर एक कृत्रिम उपकरण लगाइदिइयो । 

एम्बुलेन्सका ड्राइभर माइकल मेसेबियु चिकित्सकको सल्लाहमा एम्बुलेन्स बिस्तारै चलाइरहेका थिए । डायनाको रक्तचाप निकै न्यून पुगेको र उनको उपचार भइरहेकाले उनलाई यसो गर्न लगाइएको थियो । ठीक चार बजे चिकित्सकहरूले हार माने र राजकुमारी डायनालाई मृत घोषित गरियो । 

डेढ घण्टापछि डाडीको मृत्यु भइसकेको पुष्टि भएको थियो । डायनाका निजी सचिव ज्याकी एलनले डायनाको नोकर पल र डायनाको ड्राइभरका लागि पेरिस जानका लागि जहाजको टिकट बुक गरियो । 

बिहान ४ बजे राजकुमारी डायनालाई मृत घोषित गरियो । उनका निजी सचिव बरेलले आफ्नो घर गएर एउटा झोलामा आफ्ना सामान लिए र डायनाको अपार्टमेन्टतर्फ लागे । 

पल बरेल आफ्नो किताब ‘अ रोयल ड्युटी’मा लेख्छन्, ‘म राजकुमारीको अपार्टमेन्टको ८–९ तलामा पछाडिको ढोकाबाट भित्र पसें । त्यहाँभित्रको व्याप्त सुनसानले मलाई नराम्ररी विचलित पारिदियो । म उनको मेजको नजिक गएँ । त्यसमा राखिएको चिनियाँ ‘मिनिएचर’ घडी टिकटिक गरिरहेको थियो ।’

‘एक बिकरमा करिब एक दर्जन पेन्सिल राखिएको थियो । एक मेसो सिटमा पत्रहरूमा प्रयोग गर्नका लागि उत्कृष्ट शब्दहरूको सूची लेखिएको थियो । उनको अंग्रेजी शब्दहरूको ‘स्पेलिङ’ निकै कमजोर थिए भन्ने कुरा कहिल्यै लुकेको थिएन । त्यसपछि मैले जप माला देखे, जसलाई उनलाई मदर टेरेसाले दिएकी थिइन्, त्यो एक सानो जिजस क्राइस्टको मूर्तिको चारैतिर बेरिएको थियो । 

बरेल अगाडि लेख्छन्, ‘मैले त्यसलाई आफ्नो गोजीमा राखें । उनको ड्रेसिङ टेबलमा उनलाई मनपर्ने पफ्र्युम ‘फाउबर्ग २४’ लाई आधा प्रयोग गरिएको बोतल राखिएको थियो । छेउमा उनको पेन्टिङ हेयर स्प्रे, कटन बड्सले भरिएको गिलास र केही लिपिस्टिक राखिएको थियो । मैले एक लिपिस्टिक र एक पाउडर कम्प्याक्ट उठाएर एउटा झोलामा राखें ।’ 

त्यसपछि पल बरेल सीधा पेरिसस्थित बेलायती राजदूतको घर गए । पल बरेल लेख्छन्, ‘मैले राजदूतकी पत्नी सिल्भिया जेलाई एकातिर लगेर भनें– दुर्घटनापछि राजकुमारीको अवस्था निकै खराब हुनुपर्छ । यस्तो हालतमा राजकुमारीलाई देख्दा मन नपराउलान् ।’ सिल्भियाले आफ्नो वार्डरोबमा पललाई लगिन् र एक जोर कपडा छान्न लगाइन् । ‘मैले कालो रङको पोसाक छानें र एक कालो रङको हिल जुत्ता छाने । त्यसपछि, हामी अस्पतालतर्फ दौडियौं । 

पल बरेललाई डायनाको पार्थिव शरीर राखिएको कोठामा लगियो । ‘मैले उनलाई हेरें । ती महिला जसको मैले वर्षौँसमम हेरचाह गरें, उनी एक पलङमा शान्त भएर लडिरहेकी थिइन् । गर्धनसम्म उनको अनुहार एक सेतो कपडाले ढाकिएको थियो । मेरो आँसु खस्न थाल्यो । मैले कोठाको चारैतर्फ हेरें । कोठामा केवल दर्जन गुलाबहरू राखिएका थिए, जुन फ्रान्सका पूर्वराष्ट्रपति भेलेरी गिस्काले एस्ताँले पठाएका थिए,’ बरेलले लेखेका छन् । 

आँसु पुछेर सम्पूर्ण हिम्मत जुटाएर आफ्नो गोजीबाट मदर टेरेसाले दिएको तस्बिर निकालेर त्यहाँ उभिएकी नर्स बिट्रेस हम्बर्टलाई भने, ‘के तपाईं यसलाई राजकुमारीको हाथमा राखिदिनुहुन्छ ?’ केहीबेरपछि म फेरि राजकुमारी डायनाको पार्थिव शरीरको अगाडि गए, मैले बिलकुल परिवर्तित देखें । उनलाई कालो ड्रेस र जुत्ता लगाइदिइएको थियो । उनको कपाल ‘ब्लो ड्राई’ गरिएको र उनको हातमा मदर टेरेसाले दिएको तस्बिर राखिएको थियो ।’

राजकुमार चार्ल्सले गरे डायनाको अन्तिम दर्शन :

उता, राजकुमार चाल्र्सले महारानीको बिएई १४६ रोयल जेटमा डायनाको दुई बहिनी लेडी सारा र लेडी जेन फिलोज र आफ्नो सहायक निजी सचिव मार्क बोल्यान्डका साथ उडान भरे । पेरिसमा अवतरण गर्नेबित्तिकै सिल्भर रङको कारमा अस्पताल पु¥याइए । राजकुमार चाल्र्सलाई अस्पतालको दोस्रो तलामा लगियो, जहाँ राजकुमारी डायनाको पार्थिव शरीर राखिएको थियो । 

क्रिस्टोफर लेख्छन्, ‘जतिबेला एयरकन्डिसनरको हावाले डायनाको कपाल उडायो, चाल्र्स निकै भावुक बने । उनको ओठबाट एक नम्र दुःखी स्वर निक्लियो । उनी आफ्नो पूर्वसालीहरूतर्फ मोडिए, जो रोइरहेका थिए । त्यसपछि चाल्र्सले डायनाको उपचारमा संलग्न सम्पूर्ण चिकित्सकलाई धन्यवाद दिए ।’

डायनाको पार्थिव शरीर राखिएको विमानले जब बेलायतको धर्ती टेक्यो, त्यहाँ प्रधानमन्त्री टोनी ब्लेयरले पर्खिरहेका थिए । विमानदेखि उचारिएपछि डायनाको पार्थिव शरीर बोकेको कार लन्डनतर्फ अघि बढ्यो । सडकको दुवैतर्फ आफ्नो गाडीहरू रोकेर चालकहरू शिर झुकाएर उभिइरहेका थिए । पल बरेल लेख्छन्, ‘मैले सोचें यति डायना जीवित हुँदी हुन् त यसबारेमा के सोच्थिन् होला ? उनी लाजले निहुरिँदै भन्छिन् होला, ‘ओ माई गड ! उनीहरू मेरा लागि आफ्नो कार रोकिरहेका छन् ? ओ नो ।’

सन् १९९७ सेप्टेम्बर ७ को बिहान ९ बजेर ८ मिनेटमा राजकुमारी डायनाको अन्तिम यात्रा सुरु भयो । उनको पार्थिव शरीरलाई लन्डनको सडकहरू हुँदै जाँदा लाखौं मानिस सडकमा उत्रिए । 

उनीहरले आँसुले भरिएको आँखा लिएर सबैको मनमा राज गरेकी राजकुमारीलाई बिदाइ दिए । त्यही दिन वेस्टमिन्स्टर एबीमा भएको मेमोरियल समारोहमा चर्चित गायक एल्टन जोनले उनको सम्मानमा एक गीत गाए– ‘गुड बाई इंग्ल्यान्ड रोज... यु लिभ्ड युआर लाइफ लाइक अ क्यान्डल इन द वाइन्ड... ।’

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर