वीरेन्द्रनगरलाई कर्णालीको नमुना सहर वनाउँ : मुख्यमन्त्री शाही 

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रवहादुर शाहीले कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरलाई नमुना सहर बनाउनुपर्ने बताएका छन् । वीरेन्द्रनगरमा रहेको जनहितकारी वचत तथा ऋण सहकारी संस्थाको २१ औं वार्षिक साधारणसभाको उद्घाटन गर्दै मुख्यमन्त्री शाहीले सिंगो प्रदेशको प्रतिविम्व राजधानी शहरले दिने भएकोले वीरेन्द्रनगरलाई नमुना शहरको रुपमा विकास गर्नुपर्ने बताए । 

उनले वीरेन्द्रनगरलाई नमुना सहरका रुपमा विकास गर्न प्रदेश सरकारले आवश्यक पहल गरिरहेको पनि जानकारी दिए ।  सडक, खानेपानी, विद्युत, सरसफाई तथा अन्य पुर्वाधार विकासका लागि दीर्घकालीन सोच सहित नयाँ गुरुयोजनाको आवश्यक रहेको उनको भनाई थियो  । 

मुख्यमन्त्री शाहीले अव्यवस्थित रुपमा भईरहेको जग्गाको खण्डीकरण र संरचना निर्माण कार्यलाई रोक्नुपर्ने बताए । स्वच्छ, सफा र प्रदुषणरहित सहर निर्माणका लागि नागरिकको पनि उत्तरदायित्व रहेको वताउदै उनले जथाभावी फोहर फाल्ने वानीको अन्त गर्नुपर्ने मा जोड दिए ।

त्यस्तै मुख्यमन्त्री शाहीले वीरेन्द्रनगरमा रहेको खानेपानीको समस्या सामाधान गर्न प्रदेश सरकारले ५० करोड वजेट विनियोजन गरिएको बताए  । उनले भने, ‘खानेपानी आपुर्तीको दीर्घकालीन सामाधान नहुँदासम्म विभिन्न उपायहरुको खोजी गरेर पनि तत्कालीन समस्या सामाधान गरिन्छ ।’

मुख्यमन्त्री शाहीले पछिल्लोपटकको चिन भ्रमणका क्रममा वीरेन्द्रनगरको व्यवस्थित सहरीकरण र चक्रपथ निर्माणका लािग आफुले गरेको प्रस्तावमा चिनियाँ पक्ष सकारात्मक रहेको जानकारी दिए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर