• २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024

भारतले कब्जा गरेको सन्दकपुरमा अखिलले गाड्यो नेपाली झण्डा

इलाम । नेकपाको भातृ संगठन अनेरास्वबियूले भारतले कब्जा गरेको नेपाली भुमिमा नेपाली झण्डा गाडेको छ । इलामको सन्दकपुर गाउँपालिका वडा नं ४ मा भारतले अतिक्रमण गरेको भुमिमा अनेरास्ववियु इलाम जिल्ला कमिटीले शनिवार नेपालको राष्ट्रिय झन्डा फहराएको हो ।

केही समय अगाडि गाँउपालिकाले निर्माण सुरू गरेको भ्यु टावरलाई अवरूद्ध पारी भारतले कव्जा गरेको थियोे । सो कव्जा गरेको जमिनमा अनेरास्ववियुले नेपालीको राष्ट्रिय झन्डा फहराउन खोज्दा भारतिय सिमा सुरक्षा वल ९ककद० ले वल प्रयोग गरेपछि एसएसवी र अनेरास्वविूक कार्यकर्ताबीच सामान्य झडपसमेत भएको थियो ।

झडपमा सिमा सुरक्षा वल ९एसएसवी० का एक जवान सामान्य घाइते भएका छन । अखिलका नेता आरसी लामिछानेका अनुसार अनेरास्ववियुका नेता रबिन्द्र सुवेदीको नेतृत्वमा गएको टोलिले भारत द्वारा निसेधित क्षेत्र भनिएर लेखिएको वोर्ड समेत भत्काएर फ्याकिदिएका छन । कव्जा गरिएको जमिनमा राष्ट्रिय झन्डा फहराएपछि विधार्थीहरूले नाराजुलुस गरेका थिए । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर