• २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024

दिउँसो हेमोडायलासिस गराएर साँझ बालुवाटार फर्किए प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली बालुवाटार फर्किएका छन् । काठमाडौंको गान्डी अस्पतालमा हेमोडायलिसस गराएर उनी प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार फर्किएका हुन् । शनिबार बिहान हेमोडायलासिस गरेर प्रधानमन्त्री ओली साँझ बालुवाटार फर्किएका हुन् । 

गत कार्तिक १२ र १३ मा पहिलो र दोस्रोपटक डायलासिस गराएका प्रधानमन्त्री ओलीले शनिबार तेस्रो पटक डायलासिस गरेर फर्किएका हुन् । अस्पतालले प्रधानमन्त्री ओलीको पुनः डायलासिस गरेको जनाएको छ ।

‘प्रधानमन्त्री केपी शर्मा ओली ज्यू नियमित स्वास्थ्य परीक्षण र उपचारका लागि अस्पतालमा आउनुभएको छ ।’, ग्राण्डी अस्पतालद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘उहाँको आज पुनः हेमोडायलासिस सम्पन्न भएको छ ।’

प्रधानमन्त्री ओलीको १२ वर्षअघि भारतको एपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गरिएको थियो  । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर