• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

आफ्नो सम्पति राज्यलाई दिने ओलीको नेतृत्वको सरकारले भ्रष्टाचार गर्दैन : भट्टराई

काठमाडौं । नेकपाका नेता निर्मल भट्टराईले आफ्नो निजी सम्पति राज्यलाई सुम्पने केपी शर्मा ओली नेतृत्वको सरकारले भ्रष्टाचार गर्नै नसक्ने बताएका छन् । 

भक्तपुर निर्वाचन क्षेत्र क को उप निर्वाचनको चुनावी सभालाई चानपा ७ मा संबोधन गर्दै उक्त कुरा बताएका हुन् । उनले सरकारले दीर्घकालिक र अल्पकालिक महत्वका थुप्रै महत्त्वपूर्ण काम गरिरहेको बताए ।

चॉगुनारायण नगरपालिकाकी उपमेयर विना वास्तोलाले ठूलो संघर्षबाट प्राप्त महिला अघिकार जोगाउन सम्पूर्ण महिला एक हुनु पर्ने बताउनु भयो । सभालाई नेकपाको स्थानीय नेताहरु राधाकृष्ण लामिछाने, राजु अधिकारी, राष्ट शम्शेर थापा, अशोक ढुंगेल, शालिग्राम लामिछाने, लक्षण लामिछाने, श्याम नायजु लगायतले संवोधन गरेका थिए । 

सो कार्यक्रममा सुमन श्रेष्ठ, सुमन श्रेष्ठ लगायत दर्जनौ कार्यकर्ता नेपाली कांग्रेस र नेमकिपा परित्याग गरी नेकपामा समाहित भएका थिए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर