• २०८१ बैशाख ५ बुधबार
  • Wednesday, 17 April, 2024

इरानी लडाकु : जसलाई यौनबारे कल्पना गर्नसमेत निषेध छ

बिबीसी । करिब छ वर्षदेखि अल्बानिया इरानको एक मुख्य विपक्षी संगठन ‘मुजाहिदीन–ई–खाल्क’ अर्थात् एमईकेका पूर्व लडाकुका लागि घर बनेको छ । 

तर, यसका सयौँ सदस्यहरु संगठन छोडेर भागी सकेका छन् भने केहीले यसले ब्रम्हाचारी बनाउने र परिवारसँग सम्पर्कमा कठोर नियन्त्रण गर्ने कडा नियमको आलोचना गर्ने गरेका छन् । 

भागेर अल्बानियाको राजधानी तिराना पुगेका दर्जनौँ मुजाहिदहरु अब त्यहाँबाट इरान फर्कन असमर्थ बनेका छन् । 

‘मैले ३७ वर्षदेखि मेरी श्रीमती र छोरासँग बोल्न पाएको छैन । उनीहरुले म मरिसके भन्ने सोचेका थिए । तर मैले ‘म अझै बाँचेको छु, म अल्बानियामा बाँचिरहेको छु’ भने । यो सुनेर उनीहरु रोएका थिए ।’

धेरै वर्षपछि त्यो पहिलो फोन सम्पर्क घोलाम मिर्जाईका लागि पनि निक्कै कष्ठपूर्ण थियो । ६० वर्षीया घोलाम दुई वर्षअघि तिराना नजिकको एमईकेको सैन्य छावनीबाट भागेका थिए । 

अहिले उनी छताछुल्ल बनेका छन्, उनी पछुतोले भरिएका छन् र यतिबेला आफ्नो पूर्वमुजाहिदीन साथीहरुले उनीमाथि आफ्नै शत्रु, स्लामिक गणतन्त्र इराक सरकारका लागि जासुस गरेको आरोप लगाएका छन् । 

घोलाम मिर्जाई

मुजाहिदीनको एक अशान्त र रक्तरञ्जितपूर्ण इतिहास छ । इस्लामवादी–माक्र्सवादी कट्टरपन्थीको रुपमा यसका सदस्यहरुले सन् १९७९ को इरान क्रान्तिको समर्थन गरे, जसले शाहलाई पछि पार्यो । तर, जब सरकार ढल्यो, मुजाहिदीनहरुले आफ्नो ज्यान जोगाउन भाग्नु पर्ने भयो । 

छिमेकी देश इराकले उनीहरुलाई शरण दियो । सन् १९८०–८८ सम्मको इरान–इराक युद्धका दौरान इराकको मरुभूमि गढबाट मुजाहिदीनहरुले सद्दाम हुसैनको पक्षबाट आफ्नै मातृभूमि विरुद्ध लडे । 

युद्धको सुरुवाती समयमा सद्दाम हुसैनका सेनाद्वारा नियन्त्रण गर्दा घोलम मिर्जाई पनि इरानी सेनामा सेवा गरिरहेका थिए । उनले इराकमा युद्ध बन्दीको रुपमा ८ वर्ष बिताए । तर, त्यसपछि भने मिर्जाई जस्ता इरानी बन्दीहरुलाई लडाकु सेनामा भर्ती हुन उक्साइयो, र उनले त्यही गरे । 

मिर्जाई अब अलग भइसेका छन्, जो मुजाहिदको सयौँ पूर्वलडाकुमध्ये एक हुन्, जसले उक्त संगठनलाई छोडेर अल्बानियातिर भागे । दर्जनौँ पूर्वलडाकुहरु अल्बानियाको राजधानी तिरानामै अलपत्र र काम गर्न नसक्ने अवस्थामा छन् । 

सन् २००३ मा इराक सम्बद्ध आक्रमण मुजाहिदीनको जीवनका लागि खतरा बन्यो । संगठनका रक्षक सद्दाम हुसैन अचानक गए र मुजाहिदीनमाथि बारम्बार आक्रमण गरियो, जसमा सयौँ मानिस मरे र घाइते भए । एक अर्को मानवीय विपत् हुने डरले अमेरिकाले सन् २००३ मा अल्बानियाली सरकारसँग सम्पर्क गर्यो र राजधानी तिरानामा करिब तीन हजार मुजाहिदीन सदस्यलाई शरण दिन अल्बानियाको सरकार सहमत भयो ।

एमईके सदस्यका लागि अल्बानियाको वातावरण बिल्कुलै नयाँ थियो । अल्बानियामा बालबालिकाले पनि मोबाइल बोकेको देख्दा घुलाम मिर्जाईलाई अचम्म लाग्यो । इराकमा उनको जिन्दगीको हरेक पाटोलाई नियन्त्रण गरिएको थियो, तर यहाँ अस्थायी रुपले स्वतन्त्रताको एक डिग्रीको उपयोग गर्ने अवसर उनले पाए ।

पूर्वलडाकु हसन हेरानी

‘इराकमा हुँदा यदि तपाई आफ्नो परिवारलाई फोन सम्पर्क गर्न चाहानलाई एमईकले कमजोरी भन्ठान्थ्यो । हामी र हाम्रो परिवारबीच कुनै प्रकारको सम्पर्क हुन दिँइदैन थियो’, एक अर्का एकईके पूर्वलडाकु हसन हेरानीले बताए, ‘तर जब हामी तिराना आयौँ, हामीले व्यक्तिगत रुपले इन्टरनेट प्रयोग गर्न पायौँ ।’

‘उनीहरुलाई आक्रमण र हिंसाबाट बचाउँन हामीले आश्रयका लागि प्रस्ताव गर्र्यौँ, र अल्बानिया एक यस्तो देश बन्यो जहाँ उनीहरुमाथि आक्रमण, हिंसा वा अत्याचार गरिँदैन । एक सामान्य जीवनशैलीमा फर्काउने प्रयास गर्यौँ’, डेमोक्र्याटिक पार्टीका नेता लुल्जिम बाशाले भने । अल्बानियामा त्यस समय सरकारमा डेमोक्र्याटिक पार्टी थियो भने हाल विपक्षी पार्टी हो । 

अल्बानियामा राजनीतिक ध्रुवीकरण छ, जहाँ पनि प्रतिस्पर्धा हुनेगर्छ । तर, एमईकेको उपस्थितिलाई दुवै शासन गर्ने र विपक्षी पार्टीहरुले आफ्नो इरानी पाहुनालाई जसरी समर्थन गर्दैनन् ।

सन् २०१७ को अन्त्यतिर एमईके नयाँ मुख्यालयमा सर्यो । राजधानीदेखि करिब ३० किमी टाढा अल्लानियाको ग्रामिण इलाकामा एक पहाडमा यो शिविर बनाइएको छ । यहाँ इरानी सरकार विरुद्धको संघर्षमा ज्यान गुमाएका हजारौँ एमईके सदस्यको सम्झनामा एक स्मारक पनि बनाइएको छ । 

यहाँ नबोलाइएका पत्रकारलाई स्वागत गरिँदैन । तर, यस वर्ष जुलाईमाशिविरमा एमईकेका मुक्त इरानी कार्यक्रममा  हजारौँले भाग लिए । 

हसन हेरानीले गत वर्ष मात्रै एमईके संगठन छोडे, किनकि यसका नेताहरुले उनको व्यक्तिगत जीवनलाई कठोर नियन्त्रण गरे । यसको राजनीतिक बहुलबादमा आकर्षित भएर उनी २० वर्षको उमेरमा मुजाहिदीनमा सहभागी भएका थिए ।

‘त्यतिबेला निक्कै आकर्षित गर्यो । तर, यदि तपाई लोकतन्त्रमा विश्वास गर्नुहुन्छ भने, तपाई आफ्नो आत्मालाई दबाउन सक्नुहुन्न’, हसनले भने, ‘हामीसँग एक सानो नोटबुक हुन्थ्यो र यदि हामीले कुनै यौन क्रियाकलाप गरेका छौँ भने त्यसमा लेख्नुपर्थ्यो । उदाहरणका लागि ः आज बिहान मलाई उत्तेजना(इरेक्सन) भयो ।’

मुजाहिदका महिला लडाकु

मुजाहिदीनद्वारा रोमान्टिक सम्बन्धहरु बनाउन र विवाह गर्न प्रतिबन्ध लगाइएको यसका पूर्वलडाकूहरु बताउँछन् । तर सँधै यही नियम लागु हुँदैन थियो, उनीहरुका बुबाआमा र छोराछोरीलाई पनि मुजाहिदीनमा सहभागी गराइन्थ्यो । तर इरानीद्वारा एमईकेको नराम्रो हारपछि नेतृत्वकर्ताहरुले यस्तो हार हुनुमा मुजाहिदीनहरु व्यक्तिगत सम्बन्धहरुबाट बिचलित भएको भन्ने उनीहरुको तर्क थियो ।

विवाह गरेकाको सामुहिक सम्बन्धविच्छेद गराइन्थ्यो । बालबच्चालाई युरापमा हेरचाह घरमा पठाइन्थयो र खाली एमईकेको सदस्यलाई मात्रै रहन्थे ।

हेरानीका अनुसार, त्यो नोटबुकमा आफ्ना दिवा सपनाहरु पनि लेख्नुपर्थ्यो । ‘उदाहरणका लागि यदि मैले सपनामा टेलिभिजनमा एउटा बच्चा हेरिरहेको देखे भने यसको अर्थ मलाई मेरो आफ्नै सन्तान वा परिवारको इच्छा भएको बुझिन्थ्यो’, उनले भने, ‘र दैनिक बैठकमा उसले उक्त नोटबुक आफ्ना कमाण्डर र साथीहरुको अगाडी बढ्नुपर्थ्यो ।’

‘कुनै पनि व्यक्तिका लागि त्यो गाह्रो कुरा हो’ उनले भने, ‘यो एक धार्मिक सम्प्रादाय हो ।’ तिरानाको एक कुटनीतिक स्रोतले एमईकेलाई एक नयाँ सांस्कृतिक समुदायको रुपमा व्याख्या गर्छ, ठ्याक्कै धार्मिक सम्प्रादाय नै त होइन, तर जस्तै–जस्तै हो ।

अल्बानियामा रहेको मुजाहिद सदस्यको मुख्यालयमा महिला सुरक्षाकर्मीहरु

बिबीसीको यस रिपोर्टमा एमईकेको संगठनको कुनै पनि सदस्यले अन्तरवार्ता दिन अस्विकार गरेको छ । तर, दशकौँसम्म दण्डात्मक, कम्युनिस्ट शासनको अन्त गरेको देश अल्बानियाले एमईके नेतृत्वको स्थितिका लागि केही सहानुभूति राखेको छ, कम्तिमा पनि व्यक्तिगत सम्बन्धमा निषेध गरेको छैन ।

यति हुँदाहुँदै पनि केही अल्बानियावासी भने एमईकेको उपस्थितिले राष्ट्रिय सुरक्षालाई चुनौती दिएको बताउँछन् । 

दुई इरानी कूटनीतिज्ञलाई मुजाहिदीनविरुद्ध हिंस्रक उपाय रचेको आरोपमा निष्काशित गरेको थियो । त्यस्तै, युरोपेली संघले डच, डेनिश र फ्रान्सेली भूमिमा एमईके सदस्यहरुलगायत शासन विरोधीहरुको हत्याको षड्यन्त्रको पछाडि तेहरानको हात रहेको आरोप लगाएको छ । यस सम्बन्धमा तिरानमा रहेको इरानी दूतावासले अन्तरवार्ताका लागि  अस्विकार गर्यो । 

२५ सयभन्दा बढी एमईके सदस्यहरुको रेखदेख गर्न सक्षम गुप्तचर सेवा र सैन्य तालिमको अभाव रहेकको समाजवादी पार्टीका एक उच्च पदस्थ स्रोतले चिन्ता व्यक्त गरेको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर