• २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024

नख्खु कारागार चलान गर्नुअघि आलम प्रहरी भनाभन

आलमः म रौतहट कारागारमा बस्छु, अन्त जान्नँ। 

प्रहरीः तपाईंलाई अरू नै कारागारमा राख्ने आदेश छ। 

आलमः (झर्किंदै) म अन्त जान्नँ। 

प्रहरीः तपाईंलाई काठमाडौंको कारागार लैजाने निर्णय भइसकेको छ। 

आलमः कुन करागार लाने कुरा छर ? डिल्लीबजार कि अन्तै ?

प्रहरीः डिल्लीबजार होइन, नख्खु। 

आलमः निकै टाढा छ कि क्या हो ? 

प्रहरीः छैन, नजिकै छ।

जिल्ला अदालत रौतहटहले पुर्पक्षका लागि जेल चलान गर्नै आदेश दिएपछि पूर्वमन्त्री तथा सांसद मोहम्मद आफताव आलम र प्रहरीबीच शुक्रबार राति भएको संवाद हो यो। त्यस क्रमममा प्रहरी र आलमबीच भनाभन पनि हुन्छ।

पुर्पक्षको आदेशलगत्तै आलमले प्रहरीलाई गाली पनि गर्छन्। चर्को स्वरमा आफूलाई रौतहटबाट अन्यत्र नलैजान आग्रह गर्छन्। 

काठमाडौं नजाने अडान लिएका आलमलाई राति ९ बजे हत्कडी लगाएर प्रहरी निरीक्षक (इन्स्पेक्टर) केदारमान दोङको नेतृत्वमा जिल्ला प्रहरी कार्यालय रौतहटले ‘एस्कर्टिङ’ गाडीसहित पठाएको थियो।  

२०६४ चैत २७ गते राति बम विस्फोटमा घाइते भएका मानिसलाई इँटा भट्टामा हालेर मारेको अभियोगमा आलमसहित १२ जनालाई प्रतिवादी बनाइएको छ। याे समाचार कान्तिपुर दैनिकमा प्रकाशित छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर