• २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024

गाउँमा ९ वर्षदेखि छोरी मात्र जन्मिँदै

मेयरले भने– ‘छोरा जन्माउनुस् उपहार लानुस्’

वारसा । पोल्यान्ड र चेक रिपब्लिकको सीमामा रहेको एक गाउँमा विगत ९ वर्षदेखि कसैको पनि छोरा जन्मिएको छैन । यो गाउँमा पछिल्लोपटक २०१० मा एक छोरा जन्मिएका थिए । तर, उनले आफ्नो परिवारको साथमा गाउँ छोडेर गएक छन् । 

यो गाउँमा सबैभन्दा कम उमेरको छोरा भनेको १२ वर्षका रहेका छन् । यो गाउँमा जन्मने अधिकांश बच्चा छोरी हुने गरेका छन् र गाउँमा छोराको जन्म नै दुर्लभ हुँदै गएको छ । गाउँमा छोराको जन्म हुन छोडेपछि त्यहाँका मेयरले छोरा जन्माउने परिवारलाई पुरस्कार दिने निर्णय गरेका छन् । 

गाउँमा छोरा किन जन्मिएन भन्ने विषय त कसैलाई थाहा छैन । तर मानिसहरू यो गाउँमा लिंगका आधारमा विभेद हुने गरेकाे बताउँछन्  । गाउँमा करिब ३ सय व्यक्तिहरूको बसोबास छ । तर, अधिकांश महिला रहेका छन् । 

गाउँको मेयरले आखिर किन यो गाउँमा ९ वर्षदेखि छोराको जन्म भएको छैन भन्ने विषयमा बच्चाको जन्मदर्ता रेकर्ड हेरेका थिए । जसमा गाउँमा छोराको जन्म हुनु भनेको एक अनौठो घटना बराबाको रहेको बताए । 

मेयरले छोरा जन्माउनेलाई एक विशेष उपहारको व्यवस्था गरिएको भनेसँगै एक विश्वविद्यालयले किन छोराको जन्म हुदैन भन्ने विषयमा अनुसन्धान सुरु गरेको छ । स्थानीय व्यक्ति फायर भन्छन्– ‘म आफैं चाहन्छु कि मेरो घरमा छोरा जन्मियोस् । तर यो गाउँको इतिहासलाई देखेर के लाग्छ भने छोरा जन्माउने मौका निकै कम छ । यसकाे अर्थ म छोरीहरूको विराेधमा छु भन्ने हाेइन । तर मेरो परिवारलाई अगाडि बढाउन मलाई छोरा चाहिन्छ । 

वारसको मेडिकल युनिर्भसिटीका एक प्रोफेसर भन्छन्– ‘गाउँमा धेरै समयदेखि छोराको जन्म भएको छैन भने यो चिन्त्ताको विषय हो । तर, हामीले गाउँको सबै बुबामामाको स्वास्थ्य परीक्षण गर्नुपर्छ । के कारण गर्दा यो भइरहेको छ इतिहास हेर्नुपर्छ । अनि एकपटक पर्यावरणको प्रभाव त होइन् यी सब विषयमा केही अनुसन्धान भयो भने केही उपाय निस्कन सक्छ ।’

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर