• २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024

विवाहमा खर्च कम गर्न अपनाउनुस् यी तरिका

काठमाडौं । आजबाट मंसिर महिनाको सुरुवात भएको छ । मंसिर लागेसँगै विवाहको लगन पनि सुरु भएको छ । मानिसहरूको विवाहसम्बन्धी आ–आफ्नै इच्छा रहेको हुन्छ तर धेरैले जीवनमा एकपटक गरिने विवाह यादगार बनाउन चाहन्छन् । त्यसका लागि पैसा आवाश्यक पर्छ । आफूले विवाहका लागि जम्मा गरेभन्दा धेरै पैसा लाग्ने अवस्था पनि आउँछ जसले गर्दा कसैसँग ऋण माग्नुपर्नै पनि हुनसक्छ । 

तर, हामीले विवाहमा विवाहमा हुने अनावश्यक खर्चहरूलाई बभत गरेर पनि अफ्नो विवाह यादगार बनाउन सक्छौ । त्यसका लागि केही उपाय अपनाउनुपर्ने हुन्छ ।  

विवाह गर्ने स्थल कहिले बुक गर्ने

विवाहको समयमा मानिसहरू कुनै बगैंचा, खुल्ला स्थानभन्दा पनि विभिन्न्न पार्टी प्यालेसहरूमा रमाउन चाहन्छन् । तर, मानिसहरू विवाहको केही दिनअघि मात्र पार्टी प्यालेस बुक गर्ने गर्छन् । त्यसैले विवाहको समयमा पार्टी प्यालेसका म्यानेजरले आफ्नो खुसी अनुसार पैसाको माग गर्ने गर्छन् । 

किन किन्ने महँगाे  विवाहको लेहङ‌‌गा र शेरवानी 

विवाहका लागि तयार भएका हरेका जोडीको सपना हुन्छ कि विवाहमा एकदम विशेष देखिउँ । यसका लागि महँगा डिजाएनरहरूसँग कपडा बनाउन लगाउँछन् । जुन कपडा अन्य अवस्थाको भन्दा निकै महँगो हुने गर्छ । फेरि विवाहमा लगाएको त्यो कपडा एकपटक भन्दा बढी कमै प्रयोग हुने गर्छन् । त्यसैले कपडाका लागि अधिक खर्च गर्नुको सट्टामा कपडा भाडामा प्रयोग गर्ने एउटा विकल्प हुन सक्छ । 

कस्तो गहना किन्ने 

विवाहमा प्रयोग हुने कपडा भन्दा पनि महँगो विवाहको लागि प्रयोग हुने गहना हुन्छ । महँगीसँगै सुनको भाउ पनि निकै आकाशियको छ । त्यसमाथि गहनाको अनेक डिजानइन आइरहेकाे हुन्छ । यो अवस्थामा गहनाको लागि लाख पैसा गर्नु भन्दा त्यसको सट्टामा सुनजस्तै देखिने गहनाहरूको प्रयो गर्न सकिन्छ । जसले गर्दा विवाहको खर्च बचत गर्न सहज हुनेछ । 

विवाहको मेकअप 

विवाहम गरिने मेकअप धेरैजसो मेकअप आर्टिसले गराउने गर्दछन् । तर, दुलही मेकअप आर्टिसकोमै गएर मेकअप गराउँदा आफूसँग मेकअप किट छ भने मेकअप आर्टिससँग सहमति गरेर आफ्नो मेकअप किट प्रयोग गराउन सकियो भने पनि केही पैसा बचत गर्न सकिन्छ । 

 

वेडिङ प्यानरसँग सम्झौता

विवाहको तयारी गदै गर्दा वैडिङ प्यानरसँग विवाहको विषयमा छलफल गरियो भने डेकोरेसन, क्याटरिङ, डिजे क्यामराम्यानलगायतका विषयमा उनीसँग छलफल गरियो भने विवाहको बजेटअनुसार नै विवाह सम्पन्न गर्न सकिन्छ । उनीहरूले बजेटअनुसार विवाहको योजना गरिदिने गर्दछन् । 

मौसमअनुसारको खाना 

यदि तपाईको विवाह जाडो सिजनमा गर्दै हुनुहुन्छ भने खानाको भेराटिहरुलाई केही परिवर्तन गर्न सकिन्छ । गर्मी मौसममा खाने केही खाने कुरालाई हटाउन सकेमा पनि बजेट बचत गर्न सकिनेछ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर