• २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024

‘द भ्वाइसमा ब्याटल राउन्डभन्दा अगाडि नै नकाउट राउन्ड भएको भए हुन्थ्यो’

काठमाडौं । अमेरिक शो ‘द भ्वाइस’ को फ्रेन्चाइज ‘द भ्वाइस अफ नेपाल’ को टप ११ छनोट भइरहेको छ । पछिल्लो गीतसंगितमा रुचि राख्ने जो कोही युवा पुस्तालाई आकर्षित गरेको उक्त शो मा देशभरबाट विभिन्न प्रतिभाहरुको सहभागि हुने गरेको छ । 

केही सुरुमै आफ्नो फितालो प्रस्तुतिका कारण बाहीरिरहेका हुन्छन त कोही उपाधी उचाल्ने लक्ष्यका साथ दिनरात अघि बढिरहेका छन् । 

नेपाल सरकारको सुरक्षामा खटिएका एक युवा, जो गीसंगितलाई धेरै माया गर्दागर्दै उक्त शो मा भाग लिन पुगे । टप १२ मा पुग्न नसकेपनि संगति क्षेत्र र भ्वाइस अफ नेपालको टिमबाट धेरै कुरा सिकेको बताउने नवगायक पृथ्वी खनाल अहिलेपनि आफ्नो जागिरको सिलसिलामै छन् ।

उनै खनालसंग समाचार दैनिकले वार्ता गरेको छ । हेरौं उनीसंग आयुश्मा बस्नेतले गरेको कुराकानीको सम्पादीत अंशः 

यहाँ आफू पनि ‘द भ्वाइस अफ नेपाल’ को प्रतिस्पर्धी हुनुहुन्थ्यो ? अहिले लाइभ प्रस्तुत भइरहँदा कस्तो अनुभव गरिरहनुभएको छ ?
लाइभमा जति जना प्रतिस्पर्थीहरु पेगेका छन् उनीहरु आफैमा धेरै प्रतिभा भएका छन् । जसले मलाई धेरै खुसी लागेको छ । कुनै पनि गीतहरु सजिलै गाउन सक्ने प्रतिभाहरु लाइमा गएका छन् यो निकै ठूलो कुरा हो । आगमाी दिनमा पनि राम्रो गर्ने आशा गरेको छु ।

कस्तो रह्यो द भ्वाइसको यात्रा ?
मेरो यात्राको कुरा गर्दा निकै रमाइलो भएको थियो  । किन भने मलाई सबैले चुलबुले भन्नु हुन्थो । जति पनि हामीसँग गीतको रियल्सल पछिको समयको समय हुन्थो त्यो समय निकै रमाइलो गथ्यौं त्यो निकै अजिस्मरणीय छ । सायल म कहिले पनि भुल्न सक्ने छैन् । 

रियालिटी शो मा राम्रा व्यक्तिलाई माथि पु¥याउन पहल भएको छ वा छैन जस्तो लाग्छ ?
किन नहुने धेरै भएको छ नि । भ्वाइसले गर्दा नै सबैले मलाई चिनेका छन् । त्यतिमात्र होइन् भ्वाइसले सहि आवाजको कदर गरेको छ । हिजो सम्म कोचको हातमा रहेको अधिकार आज दर्शकको हातमा पुगेको यो हिसावले राम्रो आवाज भएको व्यक्तिलाई अझ प्रोन्साहन मिलेको छ । 

‘द भ्वाइस’मा आफूले पाएकोेको महत्वपूर्ण कुरा ?
ठूलो कुरा भनेको मान्छेले आत्मा सन्तुष्टि सजिलै प्राप्त गर्न सक्दैन् । तर भ्वाइसमा गएपछि मैले जुन साथ र सहयोग पाए आफैमा सन्तुष्ट भए मेरो लागि महत्वपूण कुरा भनेकै यही हो । साथै देश तथा विदेशबाट पाएको माया, भ्वाइसको स्टेज र सबै भन्दा ठूलो कुरा मैले आज पाएको पहिचान हो । 

भ्वाइस अफ नेपाल टिमसँग कुनै गुनासो छ ?
टिमसँग के कुरामा गुनासो गर्ने हो र ? उनीहलाई मेरो आवज ठिक भएम्म म अगाडि नै थिए । आफ्नै कमजोरीको कारण म बाहिरिए, उसमा कोसँग के गुनासो गर्ने हो र ? तर भ्वाइसमा मलाई लाग्छ ब्याटल राउड भन्दा अगाडी नै नकाउट राउण्ड भएको भए राम्रो हुन्थ्यो । 

आफू बाहिरिएपछिको अनुभव सुनाउनुस न ? दर्शकको कस्तो प्रतिक्रिया पाउनुभएको थियो ?
म आफुलाई बाहिरिन्छु नै भन्ने त लागेको थिएन् । तर केही मेरा कँवजोरीहरु थिए होलान त्यसैले क बाहिरिए जस्तो लाग्छ । फेरी म भ्नदा धेरै राम्रो गायन कला भएका साथीहरु म भन्द्या माथि पुग्नु पनि थियो र बाहिरिए । यसमा कलाई केही पनि गुनासो छैन् । अनुभवको कुरा गर्दा कलाई दर्शकले धेरै रुचाएका थिए । म बाहिर आएपछि जो कोहीले पनि तपाई बाहिरिनु हुन्छ भन्ने हामीले सोचेकै थिएनौं भन्ने प्रतिक्रिया पाएको थिए । 

गीत–संगीतमा उठ्दै गरेका जो–कोहीलाई भ्वाइस अफ नेपाल कुनै अवसर हो ?
पक्कै पनि भ्वाइस जस्तो कार्यक्र सांगीतिक क्षेत्रमा लाग्नहरुको लागि निकै ठूलो अवसर हो । यस्ता कार्यक्रम त वर्षमा भन्दा पनि महिनैपिच्छे हुनुपर्छ जस्तो लाग्छ किन भने भ्वाइसले आवाजहरुको खाजी मात्र गदैन् आफ्नो पहिचान पनि दिनेगर्छ । 

तपाईंको नजरमा टप ४ भित्र कसकसलाई देख्न चाहनुहुन्छ ?
म ४ जनाको मात्र त नाम लिन सक्दिन तर लिनु नै पर्यो भने राम, बलबहादुर ,यांकी, शनिश ।

पेसाले सुरक्षाकर्मी हुनुहुन्छ ? आफ्नो पेसा र गायनलाई कसरी मिलाएर लैजानुहुन्छ ?
हो म पेशाले सुरक्षमर्की हो । तर सबैको आ–आफ्नो समय हुन्छ  । हामीमा केही गर्ने आट भयो भने जे काम गर्न पनि समय निकाल्न सकिहालिन छ नी यसमा मिलाउनु पर्ने केही कुरा नै छैन् । 

देशको सुरक्षा गर्छु भनेर होमिएको मान्छेलाई यहाँसम्म के कुराले तान्यो ? केही किस्सा सुनाउनस् न ?

म सानै देखि गीतहरु गाउँन निकै रुचाउँथे । म भित्र गायकी कला छ भन्थै कैले गायका गीतहरु सुन्नेहरुले । सानोमा साभीहरुसँग मिलेर नाटक गर्दा गीत गाउँदा मलाई निकै खुसी लाग्थ्यो । कुनै किस्सा भन्दा पनि इच्छा शक्ति भएकोले म यो पनि क्षेत्रमा लागेको हुँ ।

भोटको निष्पक्षतामा शंका लाग्छ ?
शंका गर्नु पर्ने केही छ जस्तो लाग्दैन मलाई किन भने दर्शकहरुले नै भोटिङ प्रक्रिया निष्पक्ष हुने बताउँदै आएका छन् । किन शंका गर्ने हो र ?

रियालिटी शो हरूमा गरिने भोटले प्रतिस्पर्धीको क्षमताको मुल्याङ्कन गरेको छ त ? के लाग्छ तपाईंलाई ? 
लाइभ राउण्डमा पुगेपछि सबै कुराको जिम्मेवारी भनेको दर्शकको हातमा हुनेगर्छ । जसमा आफुलाई मन परेको खण्डमा पनि कोचहरुले केही गर्न सक्ने अवस्था रहदैन । यो हिसावमा दर्शक माया र भोटमै प्रतिस्पर्धीहरुको क्षमताको मूल्याङकन हुने हुँदा मलाई लाग्छ भोटिङ प्रक्रिया निकै राम्रो हो । दर्शकले आफ्नो क्षमताको आधारमा भोट गर्न सक्छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर