• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

अत्यधिक पेनकिलर प्रयोगले पुरुषमा हुन सक्छ नपुंशकता

एजेन्सी । धेरैजस्तो महिला तथा पुरुषहरू बाँझोपनको सिकार हुने गरेका छन् । कहिलेकाहीँ यो समस्या प्राकृतिक पनि हुनसक्छ । तर, तपाईंले खाएको खाना र औषधिको कारणले तपाईंको प्रजनन अंगमा पनि प्रभाव पार्न सक्छ । 

जीवनशैली, मासिक तनाव तथा हाम्रो दिनचर्याजस्ता कुरा पनि प्रजनन क्षमतालाई कमजाेर बनाउने कारण बन्न सक्छन् । विशेषगरी पुरुषका लागि गरिएको एक अध्ययनले यो कुरा पत्ता लगाएको छ । गल्ती तथा एक सामान्य बानीले धेरै नोक्सानी गर्नेछ । 

खासमा तपाईंलाई कुनै पनि प्रकारको पीडा हुने गर्दछ भने सबैभन्दा पहिला के खाने भन्दा नाम पेनकिलरको आउँछ । हो, पेनकिलरले हाम्रो पीडालाई छिट्टै कम गर्न धेरै मद्दत गर्छ । तर, यसले एक गम्भीर समस्या पनि निम्त्याउन सक्छ । 

खासमा कब्ज, मांसपेशी, कमजाेरी तथा स्ट्रेसको लक्षण भएकाहरूले पेनकिलर लिन हुँदैन भन्ने सल्लाह डाक्टरहरूले दिने गरेका छन् । तर, पेनकिलरले दुखाइ कम गर्ने मात्र होइन, पुरुषको जीवनमा नपुंशकता ल्याउन सक्ने खतरासमेत हुन्छ ।
 
नेसनल एकेडेमी अफ साइन्सले गरेको एक अध्ययनअनुसार पेनकिलरमा निर्भर रहने पुरुषहरूको प्रजनन क्षमतालाई पूर्ण रूपमा कमजाेर बनाउँछ । पेनकिलरको बढ्दो प्रयोगको बारेमा बोल्दै श्री बालाजी एक्सन इस्न्चिुटको इन्टरल मेडिकलकी मनिष अरोडाले भनिन् –‘आजभोली मानिसले पेनकिलर र एन्टि–बायोटिकको धेरै प्रयोग गर्न थालेका छन् । यसको मुख्य कारण अफिसको स्ट्रेस, तनाव, बदलिदो जीवन शैली र खानपान हो । यस्ता कुराबाट बच्नको लागि सजिलै बजारमा पाईने पेनकिलर र एन्टि– बायोटिक औसधीको प्रयोग गर्दछन् । जसले प्रजनन क्षमतामा छिट्टै असर गर्छ । 

अध्ययन 

डेनमार्क र फ्रान्सका ३१ (१८ वर्षदेखि ३५ वर्ष सम्म) वर्षका छानिएको पुरुषहरुलाई ६ हप्ताको अवधिलाई ६०० एमजीको तीन प्रसिद्ध पेनकिलर प्रयोग गर्न लगाइएको थियो । त्यसपछि २ हप्ता थप अध्ययन गरिएको थियो । 

अध्ययनबाट आएको जनकारी 

दोस्रो हप्तापछि जसको हार्मौन लेवलको तुलना गएिको थियो । त्यो परिक्षणमा पुरुषको ल्यूटिनाइन्गि हार्मोन स्तरको साथ साथै शरिरको कोशिको उत्पाद गर्नमा बाधा पुर्याउने पाइएको थियो । सथै पुरुषको प्रजनन क्षमतालाई तीव्र रुपमा नकरात्क प्रभाव पारेको पाइएको थियो 

स्पर्म सेलमा प्रभाव 

धेरै पेनकिलरको प्रयोगले पुरुषमा ‘हाइपोगोनैडिजम’ नामको समस्या उत्पन्न गरउँछ जसको जसको कारण पुरुषको प्रजनन क्षमतालाई कमि आउँछ । साथै स्पर्म सेल उत्पादनमा पनि कमि आउँछ । तर सबै प्रकारको औषधीले यास्तो समस्या नै आउँछ भन्ने हुदैनन । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर