• २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024

सर्वोच्चको फैसला : पूजा बोहोरा बलात्कार गर्ने दुवैलाई ११ वर्ष जेल

काठमाडौं । सर्वोच्च अदालतले बैतडीकी पूजा बोहोरालाई बलात्कार गर्नेलाई सजाय सुनाएको छ । बलात्कार गर्ने दुवै जनालाई साढे ११ वर्ष जेल सजाय सुनाएको हो । साथै पीडित बोहोरालाई १० लाख रुपैयाँ क्षतिपूर्ति भराउन आदेश दिएको छ ।

न्यायाधीश सपना मल्ल र हरि फुयाँलको संयुक्त इजलासले तत्कालीन पुनरावेदन अदालत महेन्द्रनगरको फैसला उल्टाएको हो । आइतबार सजाय निर्धारणका लागि बसेको इजलासले सागर भट्ट र अमरराज अवस्थीलाई साढे ११ वर्ष कैद सजाय सुनाएको हो ।

जिल्ला अदालत बैतडीले यो मुद्दामा भट्ट र अवस्थीलाई १३ वर्ष कैद र ५० हजार रुपैयाँ जरिवाना सुनाएको थियो । तर पुनरावेदन अदालतका न्यायाधीश नरबहादुर शाही र रमेशप्रसाद राजभण्डारीको संयुक्त इजलासले जिल्लाको फैसला उल्ट्याउँदै दुबै अभियुक्तलाई सफाइ दिएको थियो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर