कर्णाली : प्रेस स्वतन्त्रता विरुद्धका घटना बढ्दो, एक वर्षमा २ सय १७ पत्रकारमाथि आक्रमण

वीरेन्द्रनगर । कर्णाली प्रदेशमा प्रेस स्वतन्त्रता विरुद्धका घटनाहरु बढ्दो क्रममा रहेको पाइएको छ । फ्रिडम फोरमले गरेको अध्ययन अनुसार प्रेस स्वतन्त्रता विरुद्ध हुने घटनाहरु बढेको पाइएको  हो । संस्थाले गरेको अध्ययन अनुसार सन् २०१८ मा कर्णाली प्रदेशमा तीन वटा प्रेस स्वतन्त्रता विरुद्धका घटना घटेका थिए भने देशभर ९७ वटा घटनाहरु घटेका छन् । त्यसगरी अघिल्लो वर्ष दुई सय १७ जना पत्रकार माथि आक्रमणका घटनाहरु घटेका छन् । जसमा २६ जना महिला पत्रकारमाथि आक्रमण भएको छ । 

त्यसैगरी सन् २०१९ मा यसको संख्या बढेर ६ वटा घटना पुगेको छ । यस वर्ष एक सय ७६ जना पत्रकार माथि आक्रमणको घटना घटेका छन् । जसमा १० जना पत्रकार महिला रहेको फ्रिडम फोरमका महासचिव तथा पत्रकार महासघ का पुर्ब अध्यक्ष ध्रर्मेन्द्र झाले बताए । फ्रिडम फोरम नेपालले सोमवार वीरेन्द्रनगरमा आयोजना गरेको पत्रकार सुरक्षा र दण्डहिनता विषयक कार्यक्रममा पत्रकार विरुद्ध घटेका घटनाहरु प्रस्तुत गर्दै  प्रेस विरुद्ध हुने दण्डहिनताका घटनाहरु बढ्दो क्रममा रहेको उनले बताए  । उनले भने  पत्रकार विरुद्ध हुने घटना अन्तको लागि सरकार प्रतिबद्ध हुनुपर्ने बताए । त्यसैगरी पत्रकारहरु स्वयंमले पनि आचारसंहिता पालना गर्नुपर्नेमा उनले  जोड दिएका थिए  । 

दण्डहीनता अन्त्यको लागि कर्णाली सरकार प्रतिवद्ध ः मन्त्री भण्डारी
सोही कार्यक्रममा बोल्दै कर्णाली प्रदेश सरकार का आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारीले पत्रकार विरुद्ध हुने दण्डहिनताको घटना अन्त्य गर्नको लागि कर्णाली सरकार प्रतिवद्ध रहेको  बताएका थिए  । कर्णालीमा पत्रकार विरुद्धका आपराधिक घटनाहरु बढिरहेको भन्दै यसको अन्त्यको लागि  प्रदेश सरकार लागिपर्ने उनले प्रतिबद्धता जनाएका थिए  । फ्रिडम फोरम नेपालको आयोजना तथा कर्णाली फाउण्डेशनको सहकार्यमा सोमवार वीरेन्द्रनगरमा आयोजित पत्रकार सुरक्षा र दण्डहिनता विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री भण्डारीले यस्तो बताएका हुन् । 

‘पत्रकारले स्वतन्त्र रुपले लेख्न र बोल्न नपाएको अवस्था छ’ उनले भने , ‘लेख्दा र बोल्दा जिवनकै असुरक्षा हुनुपर्ने अवस्था पनि आएको पाइन्छ ।’ पत्रकार माथि हुने यस्ता खालका आपराधिक घटनाको अन्त्यको लागि सरकार अघि बढेको मन्त्री भण्डारीले उल्लेख गरे । पत्रकारकारहरु स्वयंम आचारसंहिता पालना नगर्दा पनि विभिन्न आक्रमणका घटनाहरु बढ्ने भएकाले स्वयंम पत्रकारहरु आचारसंहिताको पालना गर्नुपर्नेमा उनले  जोड दिए  । 

पत्रकारको सुरक्षाको लागि कर्णाली सरकारले स्वास्थ्य विमा कार्यक्रम लागु गरेको भन्दै मन्त्री भण्डारीले भने । जसबाट गत जेठमा दुर्घटनामा परेका स्वर्गीय पत्रकार नन्दु गेलाङको परिवारलाई दुई लाख ५० हजार रकम प्रदान गरिएको बताए । त्यसैगरी पत्रकारिता विषयमा स्नाकोत्तर गर्नको लागि छात्रवृत्ति कार्यक्रम लागु गर्ने तयारीमा रहेको मन्त्री भण्डारीले जानकारी दिए । 

कर्णाली सरकारका मुख्य न्याधिवक्ता विद्याभुषण मानन्धरले पत्रकारहरुले स्वतन्त्र भुमिका निर्वाह गरेर अघि बढ्न जरुरी रहेको बताएका थिए । पत्रकारहरु आचारसंहिता पालना गर्नुको साथै स्वतन्त्र भुमिका निभाएमा पनि पत्रकार माथि हुने दण्डहिनताका घटनामा कमी आउने उनले जोड दिए । त्यस्तै, कर्णाली प्रदेशका प्रहरी प्रमुख पूर्ण चन्द्र जोशीले पत्रकारको सुरक्षाको लागि प्रदेश प्रहरी तयार रहेको प्रतिवद्धता जनाएका थिए  । ‘पत्रकारमाथि आक्रमण भएमा त्यसको सुरक्षाको लागि हामी तयारी छौ’ उनले भने , ‘यस्ता खालका घटनाहरुको न्यूनिकरणको लागि हामी तयारी छौ ।’ 

त्यस्तै समाचार दैनिक मा कार्यरत पत्रकार विवशकुमार सेजुवालले पत्रकारिता जगत नै चपेटामा रहेको भन्दै सुरक्षाको लागि सबै जिम्मेवार हुनुपर्ने बताएका थिए । उनले भने –‘पीडितको पक्षमा आवाज उठाउँदा पिडक पक्षबाट असुरक्षा हुने अवस्था आएको छ ।’ उनले मानवअधिकारकर्मीको सुरक्षाको लागि पनि आवाज उठाउन जरुरी रहेको बताए ।  पत्रकारहरुले स्वतन्त्र रुपमा पत्रकारिता गर्न नसकेको पत्रकार सेजुवाल ले बताएका थिए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर