• २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024

अमेरिकासँग शिखर वार्ताका लागि ‘अनिच्छुक’ किम !

सोेल । आणविक कार्यक्रमबारे नयाँ छुट नहुँदासम्म अमेरिका र उत्तर कोरियाबीच शिखरवार्ताका लागि प्योङ्याङको ‘चाहना नरहेको’ उत्तर कोरियाली अधिकारीले बताएको यहाँको सरकारी समाचार एजेन्सी ‘केसीएनए’ले सोमबार लेखेको छ ।

केसीएनएले नेता किम जोङ–अनलाई उद्धृत गरी भनेको छ, ‘उत्तर कोरिया त्यस्ता वार्ताका लागि ‘इच्छुक हुन असमर्थ बन्ने छ’, जसले हामीलाई केही फाइदा हुँदैन ।’

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियालाई सङ्केत गर्दै आइतबार लेखेको एक ट्वीटर सन्देशको जवाफमा नेता किमको उक्त भनाई आएको हो ।

ट्रम्पको सन्देशमा लेखिएको थियोे, ‘सम्झौता गर्नका लागि तपाईं शीघ्र कदम चाल्नुहुनेछ । छिट्टै भेटौँला ।’

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर