• २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024

मेस्सीको गोलले हारबाट जोगियो अर्जेन्टिना

एजेन्सी । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा अर्जेन्टिना र उरुग्वेले बरारबरी खेलेका छन् । सोमबार राति भएको खेलमा अर्जेन्टिना र उरुग्वेले २–२ को बरारबी खेलेका हुन् । 

हारको नजिक पुगेको अर्जेन्टिना अन्तिम समयमा जोगियो । अतिरिक्त समयमा पाएको पेनाल्टी सदुपयोग गर्दै मेस्सीले अर्जेन्टिनाको हार टारेका छन् ।

उरुग्वेका इडिन्सन काभानीले ३४औं मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाएका हुन् । पहिलो हाफमा १–० पछाडि परेको अर्जेन्टिनाले ६३औं मिनेटमा गोल गर्दै खेल बराबरीको अवस्थामा ल्यायो । अजेन्टिनाका लागि सर्जियो अग्युरोले बराबरी गोल गरेका हुन् ।  

तर, त्यसको पाँच मिनेटपछि उरुग्वेका लागि लुइस स्वारेजले गोल गर्दै खेललाई पुनः २–१ ले अगाडि बढाएका थिए । अतिरिक्त समयमा अर्जेन्टिनाले पेनाल्टी पायो । मेस्सीले सो पेनाल्टी सदुपयोग गर्दै टोलीको हार टारे । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर