• २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024

युरोकप छनोटः अर्मेनियाको पोस्टमा इटालीका ९ गोल

एजेन्सी । युरोकप छनोटको अन्तिम खेलमा इटालीले ऐतिहासिक जित निकाल्दै युरोकपमा दरिलो स्थान बनाएको छ । सोमबार राति समूह चरणको अन्तिम खेलमा इटालीले अर्मिनियालाई ९–१ गोल अन्तरले हराएको हो ।

इटालीले यति ठूलो अन्तरको जित निकालेको यो दोस्रोपटक हो । सन् १९४८ मा इटालीले अमेरिकालाई ९–० गोल अन्तरले पराजित गरेको थियो । 

इटालीका लागि सिरो इम्मोबाइल र निकोलो जानिलोले समान दुई गरेका गर । इटालीका लागि थप गोल निकोलो बरेला, एलेसियो रोमागोन्ली, रिकार्डो आरसोलिनी र फेडरिको चियासाले गोल गरेका हुन् । त्यस्तै, जोर्गिन्होले दोस्रो हाफमा पेनाल्टीमा गोल गरेका थिए ।

अर्मिनियाका इडगर बाबायानले सान्त्वना गोल गरेका हुन् । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर