• २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024

उत्तरी लद्दाखको सियाचिनमा हिमआँधी, ४ सैनिक र २ भरियाको निधन

जम्मु । भारत केन्द्र प्रशासित राज्य लद्दाखमा विश्वकै सबभन्दा अग्लो युद्धस्थल सियाचिनमा हिमआँधी आउँदा चार सैन्य जवान र दुईजना भरियाको मृत्यु भएको छ । अन्य एक सैन्य जवान पनि गम्भीर घाइते भएका छन् । कबिर १८ हजार फिट उचाइमा सोमबार दिउँसो यो घटना भएको हो । 

सैन्य अधिकारीका अनुसार उच्च पर्वतीय क्षेत्रमा राहत अभियान सञ्चालन गरिरहेको एवलान्च पेन्थर्स नामक संस्था बेपत्ता सैनिकको खोजी गरिरहेको छ । अभियानमा सेनाको माउन्टेन रेस्क्यु टोली पनि संलग्न छ । हिमआँधीमा परेका केहीलाई गम्भीर अवस्थाबाट उद्धार गरिएको छ । हेलिकोप्टरबाट ६ सैन्य जवान र दुई भरियालाई सैनिक अस्पताल लगिएको थियो । यीमध्ये चार सैन्य जवान र दुईजनै भरियाको मृत्यु भएको छ । अन्य सैनिक जवानको अवस्थामा सामान्य रहेको बताइएको छ । 


 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर