प्रियंकाको ‘ब्युटि प्रोडक्टस्’ प्रयोग गर्छन् निक जोन 

मुम्बई । प्रियंका चोपडा र निक जोनस ग्लोबल आइकन हुन् । उनीहरु आफ्नो स्टाइल र फेसनको कारण फ्यानहरुलाई आफूतर्फ खिच्न निकै सफल हुने गरेका छन् । यसका साथै उनीहरु सामाजिक सञ्जालमा विभिन्न तस्बिरहरु राखेको कारण पनि चर्चामा आउने गरेका छन् । 

उनीहरुको तस्बिर तथा भिडियो भाइरल हुने गरेको छ । उनीहरु एक अर्कालाई निकै माया गर्ने कुरा उनीहरुको पोस्टबाट थाहा पाउँन सकिन्छ । भारतीय एक मिडियालाई दिएको अन्तर्वार्तामा निकले भने–‘ अनी धेरै जस्तो समय प्रियंकाले प्रयोग गर्ने ब्युटि प्रोडक्टस् प्रयोग गछु ।’ 

उनले फेरी भने – म प्रियंकाको शिट माक्स प्रयोग गर्छु । मेरो फेसियल, मोस्रराइजर सकिन्छ म प्रियंकाकै प्रयोग गर्छु । मलाई यसरी प्रयोग गर्न निकै मन पर्छ तर प्रियंकालाई मन नपर्ने पनि हुन सक्छ । 

प्रियंका केही समय अगाडी फिल्म ‘द स्काई इज पिंक’ मा देखिएकी थिइन् । जसमा जायरा वशी र फरहान अख्तरको पनि अभिनय रहेको थियो । उनी यतिबेला ‘द वाटर टाइगर’ को सुटिङमा व्यस्त रहेकी छन् । 
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर