• २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024

'मन्त्रिमण्डल फेरबदल राेकिनुमा मेराे भूमिका छैन'- प्रचण्ड

'मन्त्रीमण्डल फेरबदल प्रधानमन्त्रीको क्षेत्राधिकारको बिषय'

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिमण्डल फेरबदलको विषयलाई लिएर आफ्नो नाम जोड्दै भ्रामक समाचार आएको आरोप लगाएका छन्।  

प्रचण्डको सचिवालयले मंगलबार बिज्ञप्ती जारि गर्दै मन्त्रिमण्डल फेरबदलमा प्रचण्डको नाम जोडिएको भन्दै खण्डनसमेत गरिएको छ ।  सो विषय प्रधानमन्त्री केपी शर्मा ओलीको क्षेत्राधिकार भएको सचिवालयको भनाइ छ ।

प्रचण्डको निजी सचिवालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, हाम्रो पार्टी नेतृत्वमा रहेको वर्तमान सरकारमा सहभागी मन्त्रीहरुका विषयमा अध्यक्ष कमरेड प्रचण्डलाई जोडेर विभिन्न सञ्चारमाध्यममा प्रसारित र प्रकाशित अनर्गल र भ्रामक समाचारको हाम्रो सचिवालय घोर भर्त्सना र खण्डन गर्दछ ।

हाम्रो पार्टी नेतृत्वमा रहेको वर्तमान सरकारमा सहभागी मन्त्रीहरुका विषयमा अध्यक्ष कमरेड प्रचण्डलाई जोडेर विभिन्न सञ्चारमाध्यममा प्रसारित र प्रकाशित अनर्गल र भ्रामक समाचारको हाम्रो सचिवालय घोर भर्त्सना र खण्डन गर्दछ ।

मन्त्री मण्डल फेरबदलको विषय प्रधानमन्त्री केपी शर्मा ओलीकै क्षेत्राधिकारको विषय रहेको कुरा अध्यक्ष कमरेड प्रचण्डले बारम्बार जोड दिईरहनुभएको तथ्य सबैमा विदितै छ । पत्रकारिताको सामान्य मान्यताको पनि ख्याल नगरी भएको यस प्रकारको दुश्प्रचारको भ्रममा नपर्न सबैमा आग्रह गर्दछौं ।
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर