ऋतिक रोशनले १० वर्षको उमेरमा नाचेको भिडियो भाइरल

एजेन्सी ।  अभिनेता ऋतिक रोशनको १० वर्षको उमेरमा गरेको डान्स अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ । उनी डान्सकै कारण भारतिय फिल्म क्षेत्रमा आएका थिए । उनको डान्सलाई धेरैले मन पराउँछन् । उनी अहिले ४५ वर्षका छन् । 

उनले पछिल्लो फिल्म ‘वार’ मा ‘जय जय शिव शंकर’ गीतमा उनले टाइगर श्राँफलाई चुनौती दिएका छन् । जसमा उनले देखाएको डान्सको धेरैले प्रशंसा गरेका छन् । जसवाट उनी अहिले पनि उत्तीकै जोशका साथ नाच्न सक्छन् भन्ने देखाउँछ । यसैबीच उनले १० वर्षको कलिलो उमेरमा नै गरेको एक उत्कृष्ठ नाच अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । उनको सो नाचले धेरैको ध्यान खिचेको छ ।

उनकी आमा पिंकी रोशनले उनको बच्चाबेलाको उक्त भिडियो सार्वजनिक गरेपछि अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । भिडियो ऋतिकको बचपनको हो । 

 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर