• २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024

भारत र बंगलादेशबीचकाे डे–नाइट टेस्टमा ‘पिंक बल’ प्रयोग गरिने

नयाँ दिल्ली । भारत र बंगलादेश पहिलोपटक कोलकातामा २२ नोभेम्बरदेख डे–नाइट टेस्ट खेल्दै छन् । यो प्रतियोगितामा पहिलोपटक गुलाबी रङको बल अर्थात् पिंक बल प्रयोग गरिने भएको छ । एसजी कम्पनीका मार्केटिङ डाइरेक्टर पारस आनन्दले सोमबार जनाएअनुसार एउटा पिंक बल बनाउन सात–आठ दिन लाग्छ । कम्पनीले अहिलेसम्म बिसिसिआईलाई १२४ वटा पिंक बल हस्तान्तरण गरिसकेको छ । 

पारसका अनुसार रातो बलमा छाला रंग्याउने सामान्य प्रक्रिया प्रयोग गरिन्छ । तर, पिंक बलमा गुलाबी रङको कैयौं तह प्रयोग गरिन्छ, त्यसैले यो बनाउनका लागि एक साता लाग्छ । बिसिसिआईको सूत्रका अनुसार सौरभ गांगुलीले २३ अक्टुबरमा अध्यक्ष पद सम्हालेलगत्तै खेलाडीलाई अभ्यास गराउन एसजी कम्पनीका ७२ पिंक बल अर्डर दिएका थिए । 

कोलकाताको इडेन गार्डन्समा खेल्न लागिएको यो प्रतियोगिता दुई टेस्टको सिरिजको अन्तिम खेल हुनेछ । पहिलो खेल इन्दौरमा १४ नोभेम्बर खेलिएको थियो जसमा भारतले बंगलादेशको पारि र १३० रनले पराजित गरेको थियो । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर