• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

चीनको कोइला खानीमा विस्फोट हुँदा १५ जनाको मृत्यु

बेइजिङ । चीनमा कोइला खानीमा विस्फोट हुँदा १५ मजदुरको मृत्यु भएको छ । विस्फोटमा परेर अन्य ९ जना गम्भीर घाइते भएका छन् । दुर्घटनाका घाइतेहरुलाई उपचारका लागि अस्पताल लगिएको छ भने मृतकहरुको पोस्टमार्टमा लागि अस्पताल पठाइएको छ । 

घटना कसरी भयो भन्ने अहिलेसम्म केही जानकारी आएको छैन । यसबारे अनुसन्धान भइरहेको जनाइएको छ । यो घटना सोमबार भएको हो । कोइलाखानीका सुरक्षा अधिकारी शाक्सीका अनुसार त्यहाँ कार्यरत सबै मजदुर काम गरिरहेको अवस्थामा सो विस्फोट भएको हो । चीनमा यसअघि पनि कोइला खानीमा विस्फोट हुने गरेको थियो ।
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर