प्रियंकाको डेब्यू निर्देशनमा बनेको ‘मेरै लाहुरे’ गीत सार्वजनिक

काठमाडौं । अभिनेत्री प्रियंका कार्कीले निर्देशन गरेको म्युजिक भिडियो सार्वजनिक भएको छ । बाल गायिका आयुष्का खनियाँको ‘मेरै लाहुरे’ ले बोलको गीतको भिडियोबाट अभिनेत्री कार्कीले निर्देशनमा डेब्यू गरेकी हुन् ।

 भिडियोमा प्रियंका कार्की र आयुष्मान देशराज जोशीको अभिनय रहेको छ ।  लेखु सहयात्रीको शब्द रहेको गीतमा दीपक शर्माको संगीत रहेको छ । बाल गायिका आयुष्का खनियाँको स्वर रहेको गीतमा नरेन्द्र बियोगीले संगीत संयोजन गरेका छन् । 

 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर