• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

स्वदेश फर्केपछि राष्ट्रिय क्रिकेट टिमका क्याप्टेनले भने, 'टिमको ब्याटिङमा धेरै कमजोरी देखियो'

फाइल फाेटाे

काठमाडौं । बंगलादेशमा भएको एसीसी इमिर्जिङ एसिया कपको समुह चरणबाट बाहिरिएको नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फर्केको छ ।

टोली मंगलबार मध्यान्ह काठमाडौ आइपुगेको हो । स्वदेश फर्केपछि टिमका कप्तान ज्ञानेन्द्र मल्लले टिमले सोचेको जस्तो खेल्न नसकेको बताए । उनले आफ्नो टिमको ब्याटिङमा धेरै कमजोरी देखिएको र अझ धेरै मेहेनत गर्नुपर्ने देखिएको बताए ।

मल्लले कप्तानको कुनै दबाव नभएको र ब्यक्तिगत प्रदर्शन भने राम्रो नभएको स्विकारे । 

प्रतियोगीतामा नेपालले भारतसँग सात विकेटको हार ब्यहोरेको थियो भने हङकङ विरुद्ध ४० रनको जित निकालेको थियो । यस्तै बंगलादेशसँग आठ विकेटको हार ब्यहोरेको थियो ।
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर