• २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024

'मैले यहीँ नै राजधानी हुनुपर्छ भनेर कहीँ बोलेको छैन'–प्रचण्ड (भिडियोसहित)

भैरहवा । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले प्रदेश ५ को राजधानी यहीँ हुनुपर्छ भनेर कतै नबोलेको प्रष्ट पारेका छन् । उनले जनताको भावना र सबै जनतालाई सहज हुने गरि प्रदेशको राजधानी तोकिनुपर्नेमा जोड दिए । 

मंगलबार भैरहवामा आयोजित लुम्बिनी औद्योगिक व्यापार तथा कृषि महोत्सवको उद्घाटन गर्दै प्रचण्डले भने, ‘राजधानीका लागि सहयोग गर्ने कुरा छँदैछ। राजधानीबारेमा पक्कै पनि विभिन्न जिज्ञासा छन्। मानिसहरुबीचमा अनेक प्रश्न छन्,  ‘बाँके बर्दिया, नेपालगञ्ज जाँदा एउटा भावाना छ। दाङमा अर्को भावना छ । रुपन्देही र लुम्बिनी आउँदा अर्को भावना छ। राजधानी सबैलाई लाभ हुने गरी निर्धारित गर्नुपर्छ।’ 
पूर्वाधार भएकै ठाउँमा राजधानी हुनुपर्छ भन्ने पनि नरहेको उनले बताए । 

उनले अहिले मुलुकको बिकासमा लागि सार्वजनिक निजी क्षेत्रबीच सहकार्य जरुरी रहेको बताए । उनले भने, सवै क्षेत्रतिर कर लगाउने, लगानीमैत्री ऐन बनेन भन्ने गुनासो सुनेको छ । यी बिषयहरुमा सरकार र पार्टीभित्र छलफल गरेको छु । 

अध्यक्ष प्रचण्डले नीजि क्षेत्रसंग सहकार्य र यस क्षेत्रलाई प्रोत्साहन गर्ने प्रतिवद्धता जनाए । उनले ५ बर्षभित्रमा व्यवसायीको अपेक्षा पुरा हुने र मुलुकमा आर्थिक बिकासले कायापलट गर्ने दावी गरे । 

उनले सवैतिर समृद्धि र बिकासको नारा घन्किएको भन्दै अहिले मुलुकलाई बिकास र समृद्धिको बाटोमा अघि बढाउनका लागि देखिएका समस्यालाई समाधान गर्न नेकपा र नेकपा नेतृत्वको सरकार तयार रहेको बताए ।  उनले केरुङ काठमाडौ पोखरा हुदै लुम्विनीमा रेल आउने समेत बताए । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर