• २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024

जान्नुहाेस्, विश्वमा कुन देशका नागरिक बढी चिनी खान्छन् ? 

एजेन्सी । चर्चित मेडिकल जर्नल ल्यानसेटकाे एक अध्ययन ‘ग्लोबल बर्डन अफ डिजीज–२०१९’ले विश्वभरका १९५ देशहरुको स्वास्थ्य आंकडाको विश्लेषण गरेको छ । 

यस अध्ययन प्रकाशित भएपछि इजराइली सञ्चारमाध्यममा निक्कै चर्चा गरियो, किनकि यो अध्ययनअनुसार इजरायल विश्वको एक यस्तो देश हो, जहाँ खानपानबाट हुने मृत्युको दर सबैभन्दा कम छ । 

यसपछि विश्वभरमा यस्ता धेरै आलेख लेखिए, जसले मानिसहरुलाई इजरायली नागरिकले जसरी खानपानको शैली अपनाउने प्रोत्साहित गर्यो । तर, यदि तपाई पनि यस्तै गर्नुहुन्छ भने कुनै पनि देशका नागरिकको तुलनामा औसत बढी चिनीको प्रयोग गर्नेमा तपाइ पनि पर्नुहुन्छ । 

सन् २०१८ मा इजरायलमा प्रति व्यक्ति चिनीको खपत ६० किलोग्रामभन्दा बढी थियो, अर्थात् औसत खपत प्रति व्यक्ति दैनिक १६५ ग्रामभन्दा बढी चिनी । अन्तरार्ष्ट्रिय चिनी संगठन(आईएसओ)को जुन आंकडा छ, त्यसअनुसार यो विश्वमा सबैभन्दा बढी चिनी खपत हुनु हो । 

इजरायल नेसनल काउन्सिल अफ डायबिटिजका प्रमुख तथा विश्वभरमा मधुमेहका बिशेषज्ञको रुपमा चिनिएका प्रोफेसर इटामार राज भन्छन्, ‘इजरायलमा औसत वयस्क हरेक दिन ३० चम्चाभन्दा बढी चिनी खान्छन् । यो मात्रा खतराभन्दा कम छैन ।’ सबैभन्दा बढी चिनी खपत गर्ने पाँच देशहरुमा इजरायलपछि क्रमशः मेलेसिया, बारबेडोस, फिजी र ब्राजिल छन् । 

अर्कातर्फ विश्वभरमा सबैभन्दा कम चिनी खपत गर्ने देशमा उत्तर कोरिया छ, जहाँ सन् २०१८ मा प्रतिव्यक्ति चिनी खपत ३.५ किलोग्राम थियो । जबकि यसको छिमेकी देश दक्षिण कोरियामा चिनीको खपत प्रतिव्यक्ति ३०.६ किलोग्राम थियो । 

यद्यपि, चिनी खपतको यस्ता आंकडाले मानिसले आफ्नो खानामा चिनी कति प्रयोग गरिरहेका छन् भन्ने पत्ता लगाउँन सक्दैन । यसबाहेक जुन चीजलाई स्वास्थ्य विशेषज्ञले सुगर–फ्रि भन्छन्, त्यसलाई तयार गर्दाको समयमा पनि चिनीलाई मिश्रण गरिन्छ भन्ने कुरा पनि बुझ्न जरुरी छ । यतिमात्रै होइन, केही खानामा चिनीको मात्रा स्वाभाविक रुपले बढी हुन्छ । 

यी सबलाई जोड्ने हो भने विश्वभरमा चिनीको खपत लगातार बढिरहेको छ । अन्तरार्ष्ट्रिय चिनी संगठनको आंकडाका अनुसार, सन् २००१ मा चिनीको खपत १२३.४ मिलियन म्याट्रिक टन थियो, जुन सन् २०१८ मा बढेर १७२.४ मिलियन म्याट्रिक टनसम्मपुगेको छ । 

यस आंकडालाई हेर्ने हो भने विश्वभरमा प्रति व्यक्ति चिनीको बार्षिक खपत २२.६ किलोग्रामको वरपर छ । सन् २०१५ मा विश्व स्वास्थ्य संगठनले वयस्क तथा बालबालिकाले आफ्नो कुल ‘एनर्जी इनटेक’मा चिनीको मात्रा १० प्रतिशतभन्दा कम राख्न सल्लाह दिएको थियो । 

विश्व स्वास्थ्य संगठनका अनुसार, यदि तपाई यसबाहेक चिनीको खपतमा दैनिक ५ प्रतिशत अर्थात् २५ ग्राम वा ६ चम्चा कमी गर्नुभयो भने तपाईलाई अतिरिक्त फाइदा हुन्छ । बिबीसी 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर