साल्टट्रेडिङमा सर्किट लाग्दा एनएमबि बैंकको सर्वाधिक सेयर किनबेच

काठमाडौं । साताको तेस्रो दिन मंगलबार पनि सेयर बजार परिसुचक नेप्से ओरालो लागेको छ । आज नेप्से सुचक १ दशमलव १४ अंकले घटेर १ हजार १ सय २९ दशमलव ९९ को बिन्दुमा बजार बन्द भएको छ ।  

सुचकसँगै मंगलबार सेयर कारोबार रकम पनि घटेको छ । सोमबार ३५ करोडभन्दा बढी रकमको सेयर किनबेच भएको बजारमा आज कारोबार रकम १० करोडले घटेर २५ करोडमा खुम्चिएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार मंगलबार १६३ कम्पनीको २५ करोड ९३ लाख ३० हजार ५९५ रुपैयाँको १० लाख १६ हजार ४० कित्ता सेयर किनबेच भएका छन्  ।

कारोबार भएका १६३ कम्पनीमध्ये एनएमबि बैंकको सर्वाधिक सेयर किनबेच भएको छ । बैंकको ३ करोड २० लाख रुपैयाँको सेयर किनबेच भएको हो । त्यसैगरी, एनएमबि बैंकको संस्थापकतर्फको सेयर २ करोडभन्दा बढीको रुपैयाँको सेयर कारोबार भएको छ ।  

त्यस्तै सर्वाधिक कमाउनेमा आज पनि साल्टट्रेडिङका सेयरधनी रहेका छन् । कम्पनीको सेयर भाउ १० प्रतिशत अर्थात प्रतिकित्ता ११४ रुपैयाँ बढेको छ । त्यसैगरी, घोडीघोडा लघुवित्तको सेयर भाउ ९ दशमलव ३८ प्रतिशत अर्थात ४७ रुपैयाँ प्रतिकित्ता सेयर भाउ बढेको छ । त्यस्तै, नेपाल हाइड्रो डेभलपर्सको ९ दशमलव ३८ प्रतिशत र ङादी ग्रुप पावरको ९ दशमलव १८ प्रतिशतले सेयर भाउ बढेको छ । 

यता, सर्वाधिक गुमाउनेमा सिन्धु विकास बैंकका सेयरधनी रहेका छन् । बैंकको सेयर भाउ ७ दशमलव ९३ प्रतिशतले घटेको छ ।  

यसदिन कारोबार भएका बाह्र उपसुचकमध्ये छ उपसुचक ऋणात्मक र छ उपसुचक धनात्मक छन् । 
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर