• २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024

कांग्रेसको आँखामा सरकारका २१ महिनाका २१ असफलता

ललितपुर । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारको तीव्र आलोचना गरेको छ । कांग्रेसले आज पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलन गर्दै सरकारमाथि बुँदागत रूपमा आलोचना गरेको छ । कांग्रेसले २१ वटा बुँदा प्रस्तुत गर्दै ती बुँदामा सरकारले चरम लापरवाही तथा भ्रष्टाचार गरेको भन्दै सरकारको चर्को आलोचना गरेको  छ । 

पत्रकार सम्मेलनमा कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले राष्ट्रियताको सवालमा सरकार असफल भएको बताएका छन् । कांग्रेसले ‘कम्युनिस्ट सरकारको असफलता’ भन्दै २१ बुँदामा टिप्पणी गर्दै उपनिर्वाचनमा मतदाताले सरकारको २१ असफलता केलाउन जरुरी रहेको बताएको छ । 

कांग्रेसले प्रस्तुत गरेका २१ बुँदामध्ये सरकार राष्ट्रियताको सवालमा असफल भएको बताइएको छ । त्यस्तै, सरकारले सामाजिक सुरक्षा कोषका नाममा प्रधानमन्त्री ओलीको प्रचारप्रसार गरेको आरोप लगाएको छ । 

त्यस्तै, सरकार सरकारका संघीयताका बाँकी काम गर्न असफल भएको, कूटनीतिक मामलामा अपरिपक्व, मूल्यवृद्धि नियन्त्रण लगायतका मुद्दामा सरकार चुकेको बताएको छ । त्यस्तै, निर्मला हत्या प्रकरणामा सरकार हराएको, वाइड बडीलगायतका भ्रष्टाचारमा सरकारले छलाङ मारेको कांग्रेसको आरोप छ । 

त्यस्तै, कांग्रेसले सरकारले बूढीगण्डकी आयोजनामा कम्युनिस्ट सरकारले राष्ट्रघात गरेको, मेलम्ची परियोजनामा चरम खेलवाड गरेको, निजगढ विमानस्थलको भविष्यको अन्योलमा पारेको पनि आरोप लगाएको छ । 

त्यसैगरी, सरकार होलि वाइन काण्डमा मुछिएको पनि कांग्रेसको आरोप छ । सरकारले होलि वाइन खाँदै क्रिस्चियन धर्मको प्रचार कांग्रेसको आरोप छ । 

त्यसैगरी, कांग्रेसले सरकार सत्ताको सैद्धान्तिक चरित्र निक्र्योल गर्नमा असफल भएको, संविधानप्रति अपनत्वको दायर विस्तार गर्न नसकेको, मूल्य वृद्धि गर्न नसकेको लगायतका २१ बुँदा प्रस्तुत गर्दै ती बुँदा सरकार असफल भएको बताएको छ । 


यस्ता छन् कांग्रेसले सरकारमाथि लगाएका आरोप

१. राष्ट्रियताको प्रश्नमा असफलता

२. संविधानप्रति अपनत्वको दायरा विस्तारमा असफलता

३. सत्ताको सैद्धान्तिक चरित्र निक्र्योलमा असफलता

४. संघीयताका बाँकी कार्यभार पूरा गर्न असफलता

५. कूटनीतिक मामिलामा अपरिपक्वता

६. विप्लव प्रकरणः असफलताको फरक पाठ

७. शान्ति सुरक्षाः निर्मला प्रकरणमा हरायो सरकार

८. मूल्यवृद्धिः धरहरा ढलेर हुनुपर्छ सगरमाथा उक्लियो महँगी

९. वाइड बडीलगयताको भ्रष्टाचारमा क्रान्तिकारी छलाङ

१०. बूढीगण्डकीः कम्युनिस्ट सरकारको राष्ट्रघात

११. मेलम्ची परियोजनामाथि खेलबाड

१२. निजगढ विमानस्थलको भविष्य अन्योल

१३. चिकित्सा शिक्षाका विद्यार्थीको भविष्यमा प्रश्न

१४. सरकारको नियतले असफल संवैधानिक परिषद्

१५. शब्दमा प्रेस स्वतन्त्रता, व्यवहारमा नियन्त्रण

१६. धर्मको प्रश्नमा होलि वाइन प्रकरण

१७. गुठी विधेयकः जनशक्तिले झुकाएको सत्ता

१८. सामाजिक सुरक्षा कोषः कर्म कमैसको प्रचार कसैको

१९. बालुवाटार काण्डमा लिलाम नैतिकता

२०. कम्युनिस्ट पार्टी उकालो लाग्दा शेयर बजार ओरालो

२१. असहिष्णु अभिव्यक्तिः अरानीतिक चरित्र
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर