• २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024

निर्मला हत्या प्रकरण : पत्रकार खेम भण्डारी पक्राउ

काठमाडौं । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्याको विषयमा जथाभावी समाचार लेखेको आरोपमा पत्रकार खेम भण्डारी पक्राउ परेका छन् । 

उनलाई मंगलबार कञ्चनपुर प्रहरीले पक्राउ गरेको हो । भण्डारी मानसखण्ड दैनिकका सम्पादक हुन् । 

निर्मला पन्तको बलात्कार र हत्याका विषय अदालतमा विचाराधीन मुद्दा प्रभावित पार्न खोजेको भन्दै कञ्चनपुर जिल्ला बारले दायर गरेको मुद्दामा कञ्चनपुर जिल्ला अदालतले उनलाई एक घन्टा कैद र १ रुपैयाँ जरिवाना सुनाएको थियो ।

तर सम्पादक भण्डारीले सो जरिवाना तिरेका थिएनन् भने कैद समेत भुक्तान गरेका थिएनन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर